प्रा. डा. अक्कल देव मिश्र,पोखरा
हाम्रो पूर्विय समाजमा सनातन रुपले चल्दै आएका केही संस्कार तथा संस्कृतिहरु परम्परा मात्रै नभएर बैज्ञानिक तथ्यहरुमा आधारित छन् l यी संस्कारहरु पश्चिमा समाजमा पाईदैनन् l केही प्रमुख संस्कार तथा तिनमा अन्तरनिहित बैज्ञानिक तथ्यहरु यस प्रकार छन् l
- बिहान सूर्योदय भन्दा पहिले उठ्ने
एकाबिहानै पृथ्वीको तापक्रम कम भएका कारणले अक्सिजन ग्यासको घनत्व पृथ्वीको सतहमा बढी हुने गर्दछ l त्यसैले सूर्योदय भन्दा पहिला उठेर घुम्नु र शारीरिक व्यायाम गर्दा प्रचूर मात्रामा अक्सिजन उपलब्ध हुने गर्दछ, जसले गर्दा मानसिक तथा शारीरिक स्फूर्ति आउने गर्दछ l
- सूर्यको पूजा गर्ने तथा अर्घ चढाउने
सूर्यको तापनै पृथ्वीमा उर्जाको श्रोत हो l यसले बिरुवा तथा प्राणीहरुलाई ताप उपलब्ध गराउनुको साथै उर्जा समेत उत्पादन गर्दछ l सूर्यको प्रकाशले किटाणु समेत मार्ने काम गर्दछ l पूजा गर्ने क्रममा अर्घ चढाउदा पानीबाट उत्पन्न हुने परावैजनी किरणहरु शारीरका लागि लाभदाएक हुन्छन् , सूर्यको प्रकाशले शरीरमा भिटामिन डी संश्लेषण हुने गर्दछ र रोग प्रतिरोधात्मक शक्ति प्राप्त हुन्छ l पृथ्वी र जलाशयको पूजा गरेर प्रकृती र वातावरण संरक्षण हुन्छ l
- संख तथा घण्ट बजाउने
ध्वनीका तरंगहरुले किटाणु विकर्षण तथा मार्ने काम गर्दछ l यसले मानसिक शान्ती समेत प्रदान गर्दछ l
- होम तथा यज्ञ गर्ने
होम गर्दा जौं, तील लगायतका खुश्वुदार बनस्पतिहरु बाल्ने गरिन्छ जसबाट निस्केको धुवा र सुगन्धले बातावरण शुद्धीकरण हुनुको साथै एकाग्रता हासिल गरेर तनावबाट मुक्ती पाउने हुन्छ l
- जनै धारण तथा जप गर्ने
जनै जपका माध्यमबाट ध्यान एकाग्र गर्ने गरिन्छ l पूजा तथा भोजन ग्रहण गर्नु भन्दा अगाडी जनै जप गर्नाले मानसिक शान्ती तथा तनावबाट मुक्ती पाइन्छ l साथै सौच गर्दा खेरी जनैको धागो कानमा बेर्नाले विकार निस्काशनका लागि उर्जा उत्पन्न हुन्छ l गायत्री मन्त्र उचारण गर्नाले आत्म विश्वास समेत बढ्ने गर्दछ l
- वनस्पति तथा बृक्षको पूजा गर्ने
अधिकांश वनस्पति तथा बृक्षहरु औषधीय गुणले भरिपूर्ण हुन्छन् l कसैले अधिकमात्रामा प्राण वायु समेत उत्सर्जन गर्ने गर्दछन् l तुलसी, कुश, उखु, पप्यु, बेल, केरा, वर, पिपल आदि रुख बिरुवाहरु धेरै नै उपयोगी भएका हुनाले संरक्षणका लागि मानसिक तत्परता उत्पन्न गराउनका लागि पूजा गर्ने चलन रही आएको छ l कुशले पराबैजनी किरण सोस्ने तथा दतिवनले दन्तरोग निको पार्ने गर्दछन् l
- पशुपंक्षीको पूजा गर्ने
धेरै जसो पशुपंक्षीहरु मानिसका अत्यन्त हितैसी प्राणीका रुपमा चिनिन्छन् l आवाज बाट तथा व्यवहारबाट यिनले मानिसलाई सूचना दिने वा सहयोग गर्ने गर्दछन् . सधैँ वा विशेष अवसरमा यी पशुपंक्षीहरुको सम्मान स्वरूप पूजा समेत गर्ने गरिन्छ l उदाहरणको लागि काग, कुकुर, गोरु, गाई, सर्प, आदिको विशेष चाडपर्वमा पूजा गर्ने गरिन्छ l
- तिहारमा भाईटिका लगाउने
भाईबहिनीहरुको बीचमा सुमधूर सम्बन्ध कायम राख्न तिहारमा दिदी बहिनीले दाजुभाईहरुलाई टिका लगाएर सम्मान गर्ने गरिन्छ l यसले पारिवारिक सामीप्यता बढ्नुको साथै आपसी सहयोगको वातावरण सिर्जना गर्ने गर्दछ l
- दशैँमा मान्यजनको हातबाट टिका ग्रहण गर्ने
पारिवारिक भेटघाट तथा अनुशासन र सम्मानको वातावरण सिर्जना गर्ने उद्येश्यले दसैँका बेला मान्यजनवाट टिका ग्रहण गर्ने चलन उत्कृष्ट सामाजिक संस्कार भित्र पर्दछl यसले ज्येष्ठलाई सम्मान तथा कनिष्ठलाई माया गर्ने मानसिक वातावरण सिर्जना गर्दछ l
- स्वयम् पाक्य आहार गर्ने
खाद्यवस्तु सफा, शुद्ध र स्वस्थवर्धक हुनु आवश्यक छ l हाम्रो संस्कारमा आफै पकाएर खाने चलनले स्वस्थ जीवनका लागि ठूलो भूमिका खेलेको हुन्छ l बासी, सडेगलेका र अखाध पदार्थको भोजनबाट मुक्ती पाउने मनोबैज्ञानिक उपायका रुपमा स्वयम् पाक्य आहारको चलन बैज्ञानिक व्यवहार हो l
- बैवाहिक कर्मकाण्डहरु गर्ने l
विवाह सुखी परिवार निर्माण गर्ने पहिलो खुड्किला हो l चिना मिलाउने, साइत हेर्ने र जन्ती जाने र बैदिक मन्त्र उच्चारण गरेर विवाह गर्ने संस्कारमा बैज्ञानिक तत्थ्यहरु समावेश छन् l चिना भनेको व्यक्तिगत तथा पारिवारिक पृष्ठभूमिको संकेत हो, साईतले सामाजिक तथा प्रकृतिक वातावरणको चित्रण गर्दछ, जन्तीले सम्बन्धको गवाहीको काम गर्दछ भने मन्त्र उच्चारणले मानसिक बन्धनको संकेत गर्दछ l आवेशमा प्रेम विवाह गरेर केहि समयपछि विछोड हुने सम्भावनालाई कर्मकाण्ड सहितको विवाहले दुरुत्साहित गर्दछ l
- नातागोता विराएर विवाह गर्ने l
नातेदारहरु सित विवाह गर्दा शारीरिक तथा मानसिक दुर्बलता उजागर हुने गर्छ l सुसुप्त अवस्थामा रहेका बंशाणुहरु उजागर हुनजान्छन् र नयाँ शारीरिक गुण प्राप्त हुदैन l गैर नातामा विवाह गर्नाले नयाँ र सवल मानसिक या शारीरिक गुण सहितको सन्तान उत्पत्ति हुन्छ l
- मृत्यु संस्कार गर्ने
आफन्तको मृत्युमा परिवारजनमा शोकको वातावरण हुन्छ l खानपान तथा भेटघाटको विशेष विधि अपनाउदा परिवारजनको स्वास्थको रक्षा हुन्छ l स्वेत वस्त्र धारण, स्वयम् पाक्य भोजन, दैनिक स्नान, नून र माछामासु वर्जित गर्नु आदिले शोक धारणामा सहजता ल्याउछ l छुट्टै बस्ने र स्वस्थ आहार खाने चलनमा बैज्ञानिक तथ्यहरु समावेश छन् l यसले सरुवारोगबाट जोगिन समेत सहयोग पुर्याउछ l यस्ता मृत्यु संस्कारहरु पश्चिममेली समाजमा पाईदैनन् l
- रात्री भोजन अल्पहार गर्ने
रात्रीमा सुत्दा खेरी हाम्रो शरीरका प्राय सबै अंग तथा तिनका क्रियाकलापहरु बन्द वा सुस्त अवस्थामा रहने हुनाले पाचन प्रक्रिया ढिलो हुने गर्दछ l बढी खाद्य पदार्थ खाएको खण्डमा पाचन अवरूद्ध भइ अस्वस्थताको अवस्था आउन सक्छ l
- मांसाहार अपवित्र मान्ने
शाकाहारी भोजनले शारीरिक संतुलन सामान्य राख्दछ भने मांसाहारी भोजनले हिंस्रक स्वभाव, निर्दयी व्यवहार, रोगको संक्रमण, उच्च रक्तचाप, कोलेस्ट्रोल बृद्धि, पाचनप्रणाली कम्जोर, खनिज र भिटामिनको अभाव, कद सानो हुने आदिको प्रकोप देखा पर्ने गर्दछ l मांसाहारी भोजन अपवित्र मान्नाले मानसिक रुपमा पनि मान्छेले यसको सेवन गर्न अप्ठ्यारो मान्ने गर्दछ l
- जमरा तथा क्वाटी खाने चलन
जमरामा भिटामिन ए, बि र ई पाईन्छ l यसको सेवनले शरीरमा सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, फलाम, जिंक आदि तत्वको परिपूर्ति हुने गर्दछ l जमरामा पाईने एमिनो एशिडले कलेजो, रगत र मांसपेशीहरु तन्दुरस्त राख्न मदत्त पुर्याउछ र साथै क्यान्सरबाट समेत बच्न सहयोग गर्दछ l दशैँमा जमरा उमार्ने र सेवन गर्ने तथा क्वाटी समेत सेवन गर्ने सामाजिक संस्कारले सन्तुलित र औसधिजन्य भोजनको प्रयोगमा मानसिक प्रेरणा दिन्छ l
- भूमी स्पर्श गर्ने
हाम्रो समाजमा भूमिलाई धर्तीमाताको रुपमा पूजन तथा स्पर्श गर्ने चलन छ l पृथ्वी एउटा प्राकृतिक चुम्बक हो l नागों हात र खुट्टाले जमीनमा टेक्दा शरीरमा चुम्बकीय प्रभाव पर्नुका साथै विधुतको संचालन हुन्छ जसले विभिन्न रोगहरु जस्तै दम, पोलियो, मुटुरोग, नसासम्बन्धी रोग, दुख्ने, पोल्ने आदि रोगहरुको चुम्बकीय उपचारमा सहयोग पुर्याउछ l
- योग तथा ध्यान गर्ने
सामाजिक संस्कारको रुपमा चल्दै आएको योग एवं ध्यानको वैज्ञानिक महत्व शरीर क्रिया पर्दछ l योग पूर्ण रुपले शारीरिक कसरत हो भने ध्यान मानसिक कसरत हो l यसबाट शरीरमा अक्सिजनको उपलब्धता बढ्न जान्छ र शारीरिक दुर्बलता हट्न जान्छ l यसले नसा, तन्तु, मस्तिस्क, पेट, हाडजोर्नी आदिलाई तन्दुरस्त राख्न ठूलो मदत्त पुर्याउछ l
प्रा. डा. अक्कल देव मिश्र
त्रिभुवन विश्वविद्यालय
पृथ्वीनारायण क्याम्पस, पोखरा