श्रवणदृष्टि विहिनता अपाङ्गता भएका व्यक्तिमा कोभिड -१९ को प्रभाव

श्रवणदृष्टि विहिनता कस्तो अपाङ्गता हो ? 

श्रवणदृष्टि विहिनता एक पृथक वर्गको अपाङ्गता हो । नेपालमा वर्गिकरण गरेको १० वर्गको अपाङ्गता मध्ये श्रवणदृष्टि विहिनता अपाङ्गता एक हो । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ का अनुसार “सुनाई सम्बन्धी र दृष्टि सम्बन्धी अपाङ्गता एकै व्यक्तिमा भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति” भनि परिभाषित गरेको छ । नेपालको राष्ट्रिय जनगणना वि. सं. २०६८ का अनुसार नेपालमा श्रवणदृष्टि विहीनता अपाङ्गता भएका व्यक्तिहरुको संख्या ९७१४ रहेको देखाएको छ । यो संख्या नेपालको कुल जनसंख्याको करिब 0.0४ प्रतिशतमा रहेको छ ।

के कारणले हुन्छ ?

श्रवणदृष्टि विहिनता अपाङ्गता हुने कारण जस्तै ः विभिन्न संक्रमण, वशांनुगत कारण, समय पूर्व जन्महुनु [३७ हप्ता भन्दा कम], जन्मँदा कम तौल [२.५किलो भन्दा कम], जन्मँदा अक्सिजनको कमि भइ भेन्टिलेटरमा राखेपछि अक्सिजनको मात्रा बढि भएमा,चार्ज सिन्ड्रोम, असर सिन्ड्रोम,गर्भवति महिलाले किटनासक औषधी प्रयोग गर्दा, दुर्घटना र बुढेसकाल आदिले गर्दा हुन्छ ।

कति प्रकारको हुन्छ ? 

सामान्यतया श्रवणदृष्टि विहीनतालाइ पूर्ण रुपमा सुनाई र पूर्ण रुपमा दृष्टि सम्बन्धी कठिनाइको अवस्था हो भन्ने बुझाइ रहेको पाइन्छ । तर सबै श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिहरु पूर्णरुपमा बहिरा र पुर्णरुपमा दृष्टिविहिन अपाङ्गता रहेको हुदैनन् । श्रवणदृष्टि विहिन अपाङ्गता भाषिक विकासको आधारमा दुई प्रकारको [ जन्मजात र जन्मजात पश्चात ] हुन्छ भने कठिनाईको आधारमा ४ प्रकारको [ बहिरा र पूर्ण दृष्टिविहीनता, न्यून दृिष्टयुक्त र बहिरा, न्यून दृष्टियुक्त र सुस्त श्रवण र दृष्टिविहीन र सुस्त श्रवण ]  हुने गर्दछ ।

श्रवणदृष्टि विहिन अपाङ्गताको मुख्य समस्या के हो ?

समान्यतया एक व्यक्तिले अर्को व्यक्तिसँग सञ्चार गर्दा दुईवटा इन्द्रियहरुले हेरेर र सुनेर र ९५ प्रतिशत सुचनाहरु आदान प्रदान गर्दछन भने यी दुवै माध्यममा अवरोध सृजना हुदाँ बाँकि रहेका ३ वटा इन्द्रियहरु छोएर, स्वाद, गन्धबाट ५ प्रतिशत सुचनाहरु मात्र आदान प्रदान गर्दछन ।
श्रवणदृष्टि विहिन व्यक्तिहरुले नत सुन्छन नत देख्छन् यस कारण श्रवणदृष्टि विहिन व्यक्तिहरुले यी दुवै माध्यमबाट सञ्चार गर्न नसक्ने हुदाँ छोएर, सुँघेर र स्वादको माध्यमबाट सञ्चार गर्नुपर्ने हुन्छ । सुनाइ तथा दृष्टि क्षमतामा कमी वा कठिनाइ उत्पन्न भई व्यक्तिले कुराकानी गर्न, अभिमुखिकरण र गमनशिलता, आफ्नो बारेमा आफुलाई [ आफु केटा हो वा केटी ] थाहा नहुने र आफ्ना दैनिक जिवनका क्रियाकलाप गर्नको लागी अन्य अन्य व्यक्तिहरुमा र्निभर रहेका हुन्छन अन्य व्यक्तिको सहयोग विना आफ्ना दैनिक जिवनका क्रियाकलाप हिडडुल गर्न, आफ्ना विचार र भावनाहरु अरुलाइ भन्न र अरुले भने गरेका क्रियाकलाप आफुले थाहा पाउन निकै चुनौतिहरु सामना गरीरहेका छन ।
श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरुका लागि नेपाल सरकारले ल्याएको विकेन्द्रिकृत शासन प्रणालीमा सघं, प्रदेश र स्थानिय स्तका निती तथा कार्यक्रमहरुमा नत कार्यक्रम छ नत योजना नै छ कुनै ठोस कदम नै चालेको देखिन्छ । यो अवस्था देख्दा कतै अहिले सम्मकै सरकार र निति निर्माण स्तरका कर्मचारी श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु प्रति गैर जिम्मेवार त छैन्न कि भन्ने भान हुन्छ ।
उपयुक्त अवसर तथा वातावरण प्राप्त भयो भने श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुले पनि राज्यले मौलिक हक अन्र्तगत गासँ बास कपास शिक्षा स्वास्थ्य सञ्चार सुरक्षा र रोजगारी जस्ता अवसरहरु उपभोग गर्न सक्दछन र उपयुक्त अवसर र वातावरण पाएमा श्रवणदृष्टिविहीन व्यक्तिहरु पनि आत्मर्निभर भएर आफ्नो दैनिक चलाउन सक्षम हुन सक्दछन । त्यसैले नेपालमा पनि उपयुक्त वातावरण र अवसरको सृजना गर्नुपर्दछ ।

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु सगं सञ्चार कसरी गरिन्छ ?

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुलाई स्पष्ट तथा ठूलोआवाजमा बोलेर, साङ्केतिक भाषा, स्पर्श साङ्केतिक भाषा, ह्यापटिक सिग्नल, ओठको माध्यमबाट, संकेतहरुको प्रयोग गरेर, फिन्गर ब्रेल अक्षरहरु, हातमा लेखि गरीने संचार तथा टाडोमा जस्ता विधिहरु प्रयोग गरिन्छ ।

कोभिड १९ को महामारीमा सञ्चार कसरी गर्ने

– श्रवणदृष्टि विहिनता एक पृथक खालको अपाङ्गता भएकोले यस्ता व्यक्तिहरु कोभिड १९ को उच्च जोखिममा रहेका छन ।
– कोभिड १९ को लक्षण देखिएका व्यक्तिहरुबाट श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिको सम्पर्कबाट टाढा र सुरक्षित राख्नु पर्दछ ।
– श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिहरु सगँ सञ्चार गर्नुपर्ने अति आवस्यक भएमा, अकंमाल नगर्ने, दुई मिटरको सामाजिक दुरी कायम गर्ने, हात नमिलाउने
– नजिकै गएर सञ्चार गर्नुपर्ने अवस्था भएमा हातमा पञ्जा र मुखमा मास्क प्रयोग गर्ने
– स्पर्श सञ्चार वा कानको नजिक गएर सञ्चार गर्नु पर्ने भएमा सफा सगँ हात धोएर वा सेनिटाइज गरेर सम्भव भएमा कुहिना सम्मको ग्लोव प्रयोग गर्ने
– सञ्चार गर्दा नाक मुख आखाँ नछुने
– सञ्चार गरिसके पछि हात सफा सगँ धुने वा सेनिटाइज गर्ने
– श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्ति सगँ सञ्चार गर्दा सके सम्म घर परिवारको एक जनाले मात्र सञ्चार गर्ने

श्रवणदृष्टि विहिन अपाङ्गता भएका व्यक्तिहरुले कोभिड – १९ मा भोग्नुपरेका समस्या के के छन् ?

कोरोना भाइरसको प्रकोप सन् २०१९ को अन्त्य तिर चिनको बुहान शहरबाट फैलिएर विश्व नै महामारीको चपेटामा आक्रान्तित भएको कुरा सर्वविदित नै छ । अहिले नेपालले पनि यो परिस्थती सामना गरीरहेको छ । नेपालमा वि.स. २०७६ माघको २३ गते कोभिड—१९ को संक्रमण भएका व्यक्ति चिनबाट आएका र उहाँ प्रथम बिरामी प्रमाणित भएसँगै कोभिड १९ रोकथामको लागी सरकारले आवश्यक कदमहरु पनि चाल्दै गइरहेको कुरा पनि थाहा नै छ । कोभिड—१९ का बिरामी पनि तिब्ररुपमा बृद्वि हुदै गर्दा नेपाल सरकारले २०७६ चैतको ११ बन्दाबन्दिको घोषणा ग¥यो र २०७७ श्रवण ६ गते जिल्ला भित्र लकडाउन हटाए पनि संक्रमण तिव्ररुपमा नै फैलिरहेको अवस्था छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नियमित अपडेटमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका सुरक्षाका उपायहरु अवलम्वन गर्न अनुरोध गरिएको छ । सबै नेपाली जनता यस विषम परिस्थितीबाट प्रभावित भइ यस प्रकोप सगँ लडिरहेका छन । जब कुनै पनि महामारी वा प्रकोप आउँछ तब अपाङ्गता भएका व्यक्तिहरु बढी प्रभावित हुन्छन त्यसमा पनि श्रवणदृष्टि विहिनता एक पृथक किसिमको अपाङ्गता भएकाले यी व्यक्तिहरु प्रभावित नहोलान् भन्ने सवाल नै छैन । श्रवणदृष्टि विहिनता अपाङ्गता भएका व्यक्तिहरुले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका सुरक्षाका उपायहरु अवलम्वन गर्नका लागी नेपाल सरकारले सुचनाको पहुचँको प्रबन्ध गरेको पाईदैन तसर्थ राज्यले श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिहरुको सुचनाको हक सुनिश्चित गर्नु पर्दछ ।

श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्ति र अभिभावकले ज्यादै कठिनाइ भोगीरहेका छन । धेरैजसो अभिभावकहरुले दैनिक ज्यालादारी गरेर साँझ विहानको छाक टार्ने गरि रहेका थिए तर कोभिड- १९ महामारीको कारण उहाँहरुले दैनिक ज्यालादारी गर्ने पनि नपाएको अवस्थाले गर्दा आर्थिक संकट आइलागेको छ । त्यस माथि बर्षातको समय भएकोले जस्ताको छाना भएका घरहुनाले जस्तामा खिया लागेर पानी पर्दा चुहिने र घर भित्र पनि बाहिर जस्तै हिलो भएको हुदाँ अर्को संकट आइलागेको छ । श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिहरुले दैनिक रुपमा सिकिरहेका कार्यहरुपनि निरन्तर सिकाउन नपाउदा उनिहरुले सिकेका कुराहरु पनि बिर्सिरहेका छन । नियमित स्वास्थ्य परिक्षण गर्नुपर्ने व्यक्तिहरुलाइ अस्पताल लैजान पनि समस्या भइ रहेको छ । घर भित्र सिमित रहेका बालबालिकाहरुले अस्वीकार्य व्यवहारहरु  [रुने, कराउन,े चिर्थोने, आफै आफ्नो टाउको ठोक्ने ] देखाइ रहेका छन । यी बालबलिकाले देखाउने यस्ता व्यवहार घटाउन बालबालिकाहरूसँग समय बिताउने उनिहरुलाइ एक्लो महसुस हुन नदिने दिवासेवा केन्द्रमा र घरमा आधारित सेवामा सिकेका कुराहरु घरमै उपलब्ध स्रोत सममग्रीहरुको प्रयोग गरेर सिकाउने, दैनिक कार्यहरुमा सहभागी गराउने लुगाधुने सरसफाइ गर्ने, उसको क्षमता अनुसारको काममा सहभागी गराउने र मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराइयो भने ती व्यक्तिहरुले गर्ने व्यवहार व्यवस्थापन हुन् सक्दछन ।

परिवारले के के सावधानी अपनाउने

– रुघाँखोकी, ज्वरो श्वासप्रश्वासमा समस्या वा कोभिड- १९ को लक्षण भएका व्यक्तिहरुले श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिको सम्र्पकमा सकेसम्म नआउने
– श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिको सम्र्पकमा आउनुपरेमा २ मिटरको समाजिक दुरी कायम हुनेगरि मास्क र कुहिना सम्मको        ग्लोव लगाउने
– खोक्दा हाच्छिँउ गर्दा मुख ढाक्ने
– समय समयमा २० सेकेन्ड सम्म मिचिमिचि हात धुने
– अभिभावक आफुपनि बिनाकाम घरबाहिर ननिस्कने र बच्चालाइ पनि नलैजाने र जानै पर्ने भएमा सम्पूर्ण सुरक्षाका उपायहरु [ नाक मुख र       चिउडो ढाकिने गरि मास्कलगाउने , सेनिटाइजर, हातमा ग्लोव सम्भव भए व्यक्तिगत सुरक्षा पोसाक र पुरै अनुहार ढाक्ने साधन ]         अवलम्वन गर्ने
– मास्क प्रयोग गर्दा मास्कको डोरी मात्र समात्ने

अभिभावकले भोग्नुपरेका समस्याहरु

– आर्थिक समस्या
– बालबालिकाका सिकाई क्रियाकलापहरु अर्थपूर्ण तरिकाले सञ्चालन गर्न नसक्नु
– बालबालिका सगँ नजिकमा गएर छोएर सञ्चार गर्नु पर्ने हुदा समाजिक दुरी कायम गरेर बालबालिका सगँ सञ्चार गर्न चुनौति रहेको छ ।
– बच्चाहरुलाई लामो समय सम्म घरभित्र राख्नु पर्ने जसकारण उनिहरुमा व्यवहारगत समस्या बढिरहेको छ ।
– बच्चाहरुले सिकेको सिकाईहरु कायम राख्न सकेका छैनन ।
– थेरापि तथा नियमित मेडिकल उपचारमा लैजान समस्या रहेको

श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिकाले भोग्नुपरेका समस्याहरु

– समय तालिका अनुसार क्रियाकलापहरु सिक्न पाईरहेका छैनन्
– उनिहरुले निरन्तर सिकिरहेका क्रियाकलापहरु अहिले किन बन्दभएका छन भन्ने बारेमा सिक्न जानकारी नै छैन ।
– साथिहरु बिचको सञ्चार बन्द भएको छ
– विभिन्न मनोरञ्जनात्मक कार्यहरु ९ खेलहरु खेल्ने, नाच्ने० कार्यहरुबाट बन्चित हुन पुगेका छन ।
– श्रवणदृष्टि विहिनत अपाङ्गता भएका व्यक्तिहरुका लागी सञ्चार गर्दा छोएर गर्नु पर्नेहुदाँ कोभिड १९ को लागि समजिक दुरी कायम राख्न नसकिने सञ्चारमा समस्या हुन्छ ।
– सिकाइका अवसरहरु गुमेका छन ।

 

 

                                                                                 सिनियर प्रशिक्षक 
                                                                                 दुर्गा दत्त जोशी
          राष्ट्रिय बहिरा महांघ नेपाल
                                                                             भृकृटीमण्डप, काठमाडौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्