काठमाडौं – काठमाडौं उत्यकामा एकैदिन १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय २७ जनामा संक्रमण पुष्टि भएको जनाए ।संक्रमितमध्ये काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जना छन्।
यसअघि हिजोमात्र एकैदिन १ सय ३८ जनामा कोरोना संक्रमण देखिएको थियो।