मन्त्रालयको ‘अलमल’ ले विद्यार्थीहरु तनावमा, शैक्षिक सत्र नै खेर जाने डर

प्रज्ज्वल भट्ट, महेन्द्रनगर
बिश्वब्यापी महामारी कोरोना [कोभिड-१९] चलि रहेको कुरा सर्ववितिदै छ ।  यस महामारी अवस्थामा लाखौं बिद्यार्थीहरुको भबिस्य अन्योलमा परेको छ ,शैक्षिकसत्र नै खेर जाने डर बिद्यार्थीहरुको मनमा पैदा भएको छ । यस परिस्थितिमा सरकारले चरम लापरबाही गरिरहेको अवस्था छ एवं शिक्षा मन्त्रालयको आधिकारिक धारणा सयमै नआउदा बिद्यार्थीहरु मानसिक अवस्थामा पनि नकारात्मक असर परेको छ ,बिद्यार्थीको भबिस्यलाई सुनिश्चित गर्दै शैक्षिक सत्रलाई असर नपार्ने गरि बैकल्पिक पाटोबाट अथवा आन्तरिक मूल्याकंनबाट जाने निर्णय छिटो भन्दा छिटो गरिनु पर्छ ।
करिब ४ महिनाको बन्दाबन्दी सकिएर सरकारी तथा नीजि क्षेत्रका अधिकांश कार्यालयहरु, छाेटाे दूरीका सार्वजनिक यातायात खुलेपनि लामो दुरीका सार्वजनिक यातायातहरु भने अझै संञ्चालनमा आउन सकेका छैनन् । होटल, विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द नै रहेका छन् । पहिला कोरोनाको डर थियो जोखिम कम थियो तर अहिले जोखिम बढी छ डर कम छ न त कुनै सुरक्षाको उपाय नै छ । शिक्षा मन्त्रालयले लकडाउनको कारण स्थगित भएका परिक्षाहरु अनिश्चित गर्ने निर्णय गरेसंगै लाखौँ विद्यार्थीहरु थप अन्योलमा परेका छन् । लामो लकडाउनले गर्दा मानसिक तनावबाट गुज्रिरहेका छन् साथै गाँउगाँउमा पुगेका विद्यार्थीहरुको नियमित पठन पाठन ठप्प छ । कोभिड-१९ को जोखिम बढेसंगै सरकारले चैत ११ बाट लकडाउन जारी गरेको थियो ।
लकडाउनमा धेरै मानिस गाँउ फर्के त कति उपत्यकामै र अन्य जिल्लामा अलपत्र परेर बसे । त्यहीबिचमा सरकारले उपत्यकामा बसेकाहरुको लागि गाँउ जान लकडाउन खुकुलो गर्यो । पछि उपत्यका पुगेका सबै विद्यार्थीलगायत धेरै मानिसहरु गाँउगाँउमा पुगे । परीक्षा हुने सूचना जारी गरिएपछि विद्यार्थीहरु कसरी शिक्षण संस्थमा पुग्ने भन्ने थप अन्योलमा परेका छन् । बाढीपहिरोको कारण पहाडका सबै बाटोघाटो सडकहरु अवरुद्ध भएका छन् । भने तराईका अधिकांस ठांउहरु डुबानमा परेका छन् । कतिपय विद्यार्थीहरुको त आफ्नै घरसमेत डुवानमा परेको छ । त्यसले गर्दा गाँउगाँउमा भएका विद्यार्थीहरु शहर आउन सकिरहेका छैनन् । यता, परिक्षा हुने पनि निश्चिति छैन , विद्यार्थी भने गाँउगाँउमा छन् ।। यो बिचमा विद्यार्थीहरु कसरी आउने ?
मानसिक तनावमा गुज्रिएका विद्यार्थीले परिक्षा कसरी दिने ? एउटा सेमेस्टरको आन्तरीक मुल्यांकन गर्देमा के हुन्छ ? विद्यार्थीहरु न त आफु पढने कलेजको पहुंचमा छन् न त परिक्षाको तयारीमा नै । परीक्षा दिन विद्यार्थी जोखीम भएको गाँउबाट आउदा १४ दिन क्वारेन्टिन नबसी सिधै परिक्षा हल छिर्न पाउंछन् वा पाउंदैनन् ? आज गाँउगाँउमा भएका विद्यार्थी परीक्षा दिन भनेर हिडेरै आइरहेका छन् । विद्यार्थीको स्वाव लिदा पोजेटिभ देखिएमा क्वारेन्टिन राख्ने कि परिक्षा हल ? लाखौ विद्यार्थीको संख्यामा परीक्षा लिदा एकजनामा पोजेटिभ भेटियो भने पुन परीक्षा बन्द गर्ने वा लाखौँ विद्यार्थीको जिम्मेवारी कसले लिने ? विश्वमै फैलिएको महामारीको कारण अन्य देशहरुमा पनि विद्यालय नखुलेका भने हैनन् तर बढदो संक्रमणमा कारण बन्द भएका हुंन् । महामारी वर्षोसम्म चलिरहन पनि सक्छ के जोखीम मोल्नुपर्ने विद्यार्थीले मात्र हो ? या त सरकारले विद्यार्थीको हितानुकुल भएर काम गर्छ ? यदि अहिले नै यो स्थितिमा परिक्षा गर्ने हो भने विद्यार्थीको परीक्षा नतिजा नेगेटिभ र कोरोनाको नतिजा पोजेटिभ देखिने निश्चित छ ।
लेखक माध्यमिक तह (कक्षा ११) विज्ञान संकायका विद्यार्थी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्