मेयरलाई कोरोना भाइरस पुष्टि, कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न अपिल

FILE PHOTO

काठमाडौं – वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं गरिएको परीक्षणमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना पुष्टि भएपछि मेयर सरावगीले आफ्नो फेसबुकमार्फत भने, ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।’
कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने समेत उनले बताए । वीरगञ्जलाई ग्रिन जोन वनाउने उदेश्यका साथ एकघर एक परिक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगञ्जमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेको उनले बताए ।
मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएको पनि जनाएका छन् ।
उनले चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका संक्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाएको बताए ।
कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासीलाई मेयर सरावगीको अपिल छ ।

श्राेत : राताेपाटी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्