भारत – पाँच पहिला कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुलाई पुष्टि भएको भोलिपल्ट ऐश्वर्या र आराध्यालाई पनि संक्रमण पुष्टि भएको थियो ।
अमिताभ र अभिषेक शनिबारै नानावटी अस्पतालमा भर्ना भएका थिए । तर ऐश्वर्या र आराध्यालाई भने त्यसको एकदिन पछि आइतबार कोरोना संक्रमण पुटि भएको खबर बाहिरिएको थियो । उनीहरुमा कोरोना लक्षण नदेखिएका कारण घरमै क्वारेन्टिनमा राखिएको थियो । तर अहिले ऐश्वर्यामा केही लक्षण देखिएकोले आमाछोरी नै अस्पताल भर्ना भएका हुन् । अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरु गरिएको जनाएको छ ।