सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएकाे छ।
ठाउँ अनुसार कडाई र खुकुलो बनाउन सकिनेछ । निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्ने भएतापनि याे निर्णयअनुसार सार्वजनिक सवारी साधन चल्ने छैनन् भने उद्दार बाहेकका हवाई उडान बन्द हुनेछन् ।