दार्चुलामा थप १ जनामा कोराेना संक्रमण पुष्टि

दार्चुलामा आइतबार थप १ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा गरिएकाे परीक्षणमा दार्चुलाका १ जना पुरुषमा कोराेना संक्रमण पुष्टि भएको बताए । संक्रमित व्यक्ति कुन स्थानीय तहका हुन भन्ने बारे विस्तृत विवरण आउन बाँकि रहेकाे छ ।
उनका अनुसार देशभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्