७७ जिल्लामा फैलियो केरोना, १२ हजार बढी संक्रमित, २८ को मृत्यु, निको कति भए ?

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् । योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको अद्यावधिक विवरणअनुसार नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ।

यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै स‌क्रमणबाट मृत्यु हुनेको स‌ख्या २८ पुगेको गौतमले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्