‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा कान्तिपुरले माग्याे क्षमा

कान्तिपुर दैनिकमा असार १० गते पहिलो पृष्ठमा प्रकाशित ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘नेपाल सरकार, कृषि मन्त्रालय’ को प्रतिवेदन भन्दै सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारणबाट गम्भीर तथ्यगत त्रुटि हुन गएको भन्दै कान्तिपुर दैनिकले क्षमा मागेको छ ।
प्रधान सम्पादकद्वारा प्रकाशित क्षमायाचनामा उक्त समाचारको आधार बनाइएको प्रतिवेदन प्रकाशित नै नभएको कृषि मन्त्रालयले र समाचार गलत रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको समाचार हामीले यसअघि नै प्रकाशन गरिसकेको उल्लेख गरिएको छ ।
उहाँ लेख्नुहुन्छ “कृषि मन्त्रालयको स्थलगत प्रतिवेदन भनी दावी गरिएको उक्त दस्तावेज कसले कुन प्रयोजनका लागि तयार पा¥यो र सरकारी स्रोतहरूले नै त्यसलाई किन सञ्चारमाध्यमहरूलाई उपलब्ध गराए भन्नेबारे हामी सत्यतथ्य पत्ता लगाउन प्रयासरत छौं ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्