सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक अहिले बालुवाटारमा जारी रहेता पनि आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन ।
बैठक सञ्चालन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नआउनेबारे प्रधानमन्त्रीले जानकारी दिएको बताएका हुन । प्रधानमन्त्रीले म अर्को काममा व्यस्त छु। तपाईं बैठक चलाउँदै गर्नुस् म पछि आउँछु भन्नुभएको छ भन्ने जानकारी गराउनुभयो ।