आज मलेसियाबाट १७ जना नेपालीको शव ल्याइने भएको छ । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएका शव वैदेशिक रोजगार बोर्ड र नेपाली दूतावासको समन्वयमा शव आज स्वदेश ल्याउन लागिएको हो । आज साँझ नेपाली लिएर आउने चार्टर्ड उडानमार्फत शव पनि ल्याउन लागिएको हो ।
यसअघि पनि कोरोनाको कारण रोकिएका ११ शव मलेसियाबाट ल्याइएको छ ।
यस्तै साउदीबाट भोलि शनिबार बिहान नेपाली लिएर आउने जहाजले १६ जनाको शव ल्याउने भएको छ ।
अन्य देशबाट पनि नेपाली लिएर आएका जहाजले शव पनि लिएर आइरहेका छन् । यसरी विमास्थलमा आइपुगेका शव लकडाउनका कारण आफन्त लिन आउन नपाएमा बोर्ड आफैंले बुझेर घरसम्म निःशुल्क पु¥याइदिन्छ ।
- सिरहाका बलराम ठाकुर
- जाजरकोटका बीरबहादुर कामी
- धनुषाका बिपिन महरा
- बाराका राजाराम चौधरी
- सल्यानका प्रेम बि.क
- पाँचथरका जगतबहादुर राई
- सुरेन्द्रप्रसाद सुब्बा
- रोल्पाका विजयबहादुर बोहरा
- इलामको पदमबहादुर सारु
- बाग्लुङ्का शिव पुन मगर
- नवलपरासीका पुनरवासी पुरी
- नुवाकोटका दिपक भट्टराई
- महोत्तरीका भरोसी यादव
- महोत्तरीका दुःखीलाल मण्डल खान
- महोत्तरीका मनोजकुमार यादव
- बाराका प्रवेश कुमार खतवे
- रुकुमका कुवीराम ओली