हालसम्म सबैभन्दा बढी प्रदेश ५ मा रोपाइँ, कर्णाली र गण्डकी प्रदेशमा भने रोपाइँ प्रतिशत कम

हालसम्म सबैभन्दा बढी प्रदेश ५ मा रोपाइँ भएको छ । प्रदेश नं. ५ मा अहिलेसम्म ३६.२६ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यति बेला १३.९६ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने २१.४६ प्रतिशत रोपाइँ भएको मन्त्रालयको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यही अवधिमा २० प्रतिशत रोपाइँ भएको थियो ।

वाग्मती प्रदेशमा १८.६८ प्रतिशत रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ६.७१ प्रतिशत भएको थियो । प्रदेश २ मा रोपाइँ १५.५३ प्रतिशत भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गतवर्ष यति बेला ५.२० प्रतिशत मात्रै रोपाइँ भएको थयो । प्रदेश १ मा १० प्रतिशत रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ९.९७ प्रतिशत थियो ।
यस्तै कर्णाली र गण्डकी प्रदेशमा भने रोपाइँ प्रतिशत घटेको छ । २०७६ असार १० सम्म कर्णालीमा २६.१३ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । अहिले घटेर २०.११ प्रतिशत मात्रै भएको छ । गण्डकी प्रदेशमा पनि गत वर्ष १७.९९ प्रतिशत रोपाइँ भएको थियो । अहिले घटेर १३.७२ प्रतिशतमा झरेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
देशभर हालसम्म धान रोपाइँ २ लाख ७५ हजार २९ हेक्टरमा भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ ।

तस्बिर : सामाजिक सञ्जाल 

याे पनि पढ्नुहाेस ।

हालसम्म धान रोपाइँ २ लाख ७५ हजार २९ हेक्टरमा, गत बर्षकाे तुलनामा बृद्धि

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्