शैल्यशिखर नगरपालिका-२ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक महिलाको मृत्यु

सांकेतिक तस्बिर

गणेश सिंह धामी
दार्चुला – शैल्यशिखर नगरपालिका वडा नम्बर २ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान घर नजिककै खरबारीमा घास काटिरहेकी ४२ बर्षीय मानमती भट्टको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका एक छोरा र एक छोरी रहेका छन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्