प्याव्सन र एनप्याव्सनले विद्यार्थीबाट शूल्क उठाउन गरेको सर्कुलर रोक्न सरकारसँग नेविसंघको माग

काठमाडौं – नेपाल विद्यार्थी संघले प्याव्सन र एनप्याव्सनले विद्यार्थीबाट शूल्क उठाउन गरेको सर्कुलर रोक्न सरकारसँग माग गरेको छ ।

नेविसंघले सोमबार विज्ञप्ती जारी गरी विद्यार्थीलाई विद्यालय नै नखोली अनलाईन पढाएको वाहनामा शुल्क उठाउन खोजेको र त्यसलाई रोक्न सरकारको ध्यानाकर्ण गराएको छ । नेविसंघले सरकारका तर्फबाट शिक्षामन्त्रीले गत बैशाख २२ मा गरेको निर्णय स्मरण गराउँदै त्यसलाई पलाना गराउन ध्यानाकर्ण गराएको हो ।

नेविसंघले तीन महिना देखि विद्यालय बन्द गरेर अविभावकहरुसँग शूल्क चुक्ता गर्न गरेको अपिललाई हास्यास्पद र भत्र्सना योग्य भनेर टिप्पणी गरेको छ ।

‘शिक्षामन्त्रीलाई शुल्कमा छुट दिन पटक–पटक गरिएको हाम्रो आग्रह लाइ पुनः स्मरण गराउंदै स–साना बालबालिकालाई अनलाइमा जोड्ने र त्यसैको नाममा शुल्क उठाउनु बाञ्छनीय हुन्न । नेविसंघ यसको विरूद्धमा छ,’ विज्ञप्तिमा भनिएको छ ।

अनलाइनमा केही घण्टा विताउँदैमा कक्षा सञ्चालन भइरहेको भनेर कुनै पनि अभिभावकसँग शुल्क लिन नपाइने नेविसंघको भनाई छ । ‘बिहान बेलुककीको छाक कसरी टार्ने भन्ने बेलामा विद्यालयले झन् तनाव थप्नु मानवीय हिसाबले पनि उपयुक्त छैन,’ विज्ञप्तिमा भनिएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्