बार्सिलोनालाई पछि पार्दै रियाल शिर्ष स्थानमा

काठमाडौंं – स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा जित दर्ता गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

गए राती भएको खेलमा रियाल सोसेडाडलाई २(१ गोल अन्तरले पराजित गर्दै रियालले साविकको विजेता र जारी लिगमा शिर्ष स्थानमा रहेको बार्सिलोनालाई पछाडी पारेको हो ।

यो जितसँगै रियालले बार्सिलोनासंगै समान ६५ अंक जोडेको छ । तर गोल अन्तरका कारण रियाल पहिलो स्थानमा पुगेको छ । यसअघी भएको खेलमा बार्सिलोना सेभिलासंग गोलरहित बराबरीमा रोकिएको थियो ।

रियाललाई यो जितले जारी लिगको उपाधि जित्ने अवसर थप बलियो बनाएको छ । फ्रान्सेली स्टार फुटबल खेलाडी जिनेदान जिदानको प्रशिक्षणमा रहेको रियालले अब अर्को खेल १८औ स्थानमा रहेको कोनार्का विरुद्ध खेल्ने छ भने बार्सिलोनाले ९औ स्थानमा रहेको यथेल्टिको बिलबाओसंग प्रतिस्पर्धा गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्