आज थपिएका ३३१ जना कोरोना संक्रमितमध्ये कुन जिल्लामा कति ?

काठमाडौँ – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८/१८ तथा पाल्पा र रुपन्देहीमा १७÷१७ जना सङ्क्रमित थपिएका छन् ।

यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा ९, धादिङ, प्यूठान र मोरङमा ८/८आठ, बर्दिया, रौटहट र भक्तपुरमा ७/७, बारा र दाङमा ४/४, रामेछापमा ३, सुनसरीमा २, काठमाडौँ, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा १/१जना थपिएका छन् ।

आज ४९ महिला र २८२ पुरुष गरी कूल ३३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०० बढी सङ्क्रमित हुनेको जिल्लाको सङ्ख्या पाँच र १०० भन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ । कूल ७७ मध्ये ७४ जिल्लामा सङ्क्रमण फैलिएको छ । रसुवा, ओखलढुङ्गा र मुस्ताङमा सङ्क्रमण देखिएको छैन । रासस 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्