काठमाडौं – कर्णाली प्रदेशमा सोमबार थप ११० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेख र सुर्खेतमा गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका ९१ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।
यस्तै पशुपन्छी रोग अन्वेषण प्रयोगशालामै गरिएको परीक्षणमा सुर्खेतका १९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणको कूल संख्या १०७७ पुगेको छ ।
यसैबीच कर्णाली प्रदेशमा कोरोना निको हुनेको संख्या १५१ पुगेको छ । आज कालीकोट अस्पतालबाट २५ जना, प्रदेश अस्पतालबाट २३ जना लेकबेसी आइसोलेसन सेन्टरबाट ९ जना गरी कूल ५७ जना संक्रमित निको भएसँगै निको हुनेको कूल संख्या १५१ पुगेको हो ।