काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । यो सँगै लेकम गाउँपालिकामा संक्रमितको संख्या २ पुगेको छ । एक जनामा सोमबार संक्रमण पुष्टि भएको थियो । मंगलबार पुष्टि भएका २६ वर्षिया पुरुष हुन् । यससँगै दार्चुलामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।