सिरहा – सिरहामा थप १७ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ ।
संक्रमितहरु २० देखि ४४ वर्ष उमेर समूहको रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ४७ पुगेको छ । सिरहाका संक्रमित अधिकांश छिमेकी मुलक भारतबाट फर्केका हुन् ।