काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुहुँदै कोरोनालगायतको राेकथाम तथा उपचारको लागि उल्लेख बजेट वृद्धि गरेकाे छ । उनले कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण र अन्य सेवा सुविधानको लागि ६ अर्ब बजेट व्यवस्था गरेका छन् ।
नयाँ वानेश्वरस्थित ससंद भवनमा डा. खतिवडाले संघीय संसदको दुबै सदनमा २०७७/७८ को बजेट पेश गरेकाे हाे । उनले स्वास्थ्य मन्त्रालयकाे वजेट ९० अर्ब विनियाेजन गरेकाे बताए ।
स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन भत्ता स्वरुप पाँचलाखसम्मको स्वास्थ्य विमाको व्यवस्था गरिनुका साथै नागरिककाे स्वास्थ उपचार सहज बनाउन स्वास्थ्य बीमाका लागि सात अर्ब वजेट व्यबस्था गरेकाे बताए ।