पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, चामबासको पहिरो हटाइयो

काठमाडौँ – गत बुधबारदेखि अवरुद्ध पृथ्वी राजमार्ग आज दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको छ । निरन्तरको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा सडकमा क्षति पुगेपछि राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।

धादिङको गजुरीस्थित चामबासमा खसेको पहिरो हटाएपछि राजमार्गमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गर्न सम्भव भएको हो । सडक पूर्ण रूपमा सहज बनाउन भने थप काम आवश्यक रहेको जनाइएको छ । वर्षा जारी रहेकाले राजमार्गका अन्य जोखिमयुक्त स्थानमा पनि पहिरो तथा सडक अवरोध हुन सक्ने भएकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्