दुर्गा प्रसाईंलाई साइबर अपराधसम्बन्धी कसुरमा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर अपराधसम्बन्धी कसुरमा तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार अदालतबाट प्रसाईंलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति प्राप्त भएको हो । ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले अदालतबाट तीन दिनको अनुमति प्राप्त भएको जानकारी दिए ।

साइबर ब्युरोले प्रसाईंलाई सोमबार भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि आवश्यक अनुसन्धानका लागि उनलाई ब्युरोको नियन्त्रणमा राखिएको थियो । अदालतबाट अनुसन्धानका लागि हिरासत अनुमति प्राप्त भएसँगै प्रहरीले प्रसाईंमाथि साइबर अपराधसम्बन्धी आरोपमा थप अनुसन्धान अघि बढाउने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्