हिलकिट क्लोदिङ्सका सञ्चालक धनु रोकायाद्वारा बाढीपीडितलाई राहत सहयोग

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै हिलकिट क्लोदिङ्स एण्ड साइकल कफेका सञ्चालक धनु रोकायाले राहत सहयोग गर्नुभएको छ। रोकायाले बाढीपीडितका लागि रु. १ लाख ३० हजार ५ सहित खाद्यान्न तथा अन्य आवश्यक राहत सामग्री सहयोग गर्नुभएको हो।

बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै परिवार प्रभावित बनेको अवस्थामा पीडित परिवारलाई तत्काल आवश्यक खाद्यान्न तथा राहत सामग्री उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको जनाइएको छ। विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएकाले आफ्नो तर्फबाट सक्दो सहयोग गरिएको रोकायाले बताउनुभएको छ।

बाढीका कारण घर, व्यवसाय तथा दैनिक जीवनयापनमा असर परेका नागरिकलाई राहत उपलब्ध गराउन विभिन्न व्यक्ति, व्यवसायी तथा संघसंस्थाले सहयोग गर्दै आएका छन्। यस्ता सहयोगले विपद्बाट प्रभावित परिवारलाई तत्कालको आवश्यकता पूरा गर्न तथा कठिन परिस्थितिमा केही राहत महसुस गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रोकायाको सहयोगप्रति राहत अभियानमा संलग्न पक्षले धन्यवाद व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्