मुद्दा हारेपछि सर्वोच्च अदालतको पाँचौँ तलाबाट हामफाल्ने प्रयास, सुरक्षाकर्मीले गरे उद्धार

 

काठमाडौं । मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन्। मंगलबार सर्वोच्च अदालतको पाँचौँ तलामा पुगेका ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्।

उद्धार गरिएका व्यक्ति लालबहादुर राई रहेको खुलेको छ। उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए। अब्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको संयुक्त इजलासले राईको मुद्दामा यसअघिको फैसलालाई नै सदर गर्ने निर्णय गरेको थियो।

अदालतको फैसला आफ्नो विपक्षमा आएपछि राईले ‘सर्वोच्च अदालतले आफूलाई हराएको’ भन्दै सुसाइड नोटसमेत लेखेको बताइएको छ। त्यसपछि उनी मंगलबार सर्वोच्च अदालतको पाँचौँ तलामा पुगेका थिए।

उनले भवनबाट हामफाल्ने प्रयास गरेपछि सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएर सकुशल उद्धार गरेका हुन्।

उद्धारपछि राईलाई सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्