वीरगञ्जमा निषेधाज्ञा जारी, शुक्रबार बिहानसम्म सभा जुलुस र प्रदर्शनमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको हो। प्रशासनले सार्वजनिक गरेको सूचनाअनुसार निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी व्यक्तिको भेला हुन, सभा, जुलुस, प्रदर्शन तथा अन्य सामूहिक गतिविधि गर्न रोक लगाइएको छ।

निषेधाज्ञा वीरगञ्ज महानगरपालिकाको पूर्वमा प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा लागू हुनेछ।

प्रशासनले शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा जारी गरिएको जनाएको छ। निषेधाज्ञा अवधिमा सर्वसाधारणलाई प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ। पछिल्लो समय उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कुनै पनि अप्रिय घटना हुन नदिन यो निर्णय गरिएको प्रशासनले जनाएको छ। उल्लङ्घन गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्