नेक्सस इन्टरनेशनल एकेडेमीमा गुरु पूर्णिमा भव्य रूपमा मनाइयो

काठमाडौं – गुरु पूर्णिमाको अवसरमा देशभरका शैक्षिक संस्थाहरूमा विभिन्न कार्यक्रम आयोजना गरी पर्व मनाइएको छ। यसै क्रममा पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले पनि विशेष कार्यक्रम आयोजना गर्दै गुरु पूर्णिमा श्रद्धा र सम्मानका साथ मनाएको छ।विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना गुरु तथा गुरुआमाप्रति सम्मान व्यक्त गर्दै स्वेच्छाले ल्याएका उपहारहरू समर्पण गरेका थिए। विद्यार्थीहरूको मायाभाव र सम्मानले कार्यक्रम थप भावुक र उल्लासमय बनेको थियो।

कार्यक्रममा शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई शुभाशीष प्रदान गर्दै उनीहरूको उज्ज्वल भविष्य, शैक्षिक उन्नति, नैतिक विकास तथा जीवनमा निरन्तर सफलता हासिल गर्ने शुभकामना व्यक्त गरेका थिए। विद्यालय प्रशासनले गुरु पूर्णिमा केवल पर्व मात्र नभई गुरु–शिष्यबीचको विश्वास, सम्मान र ज्ञानको सम्बन्धलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा संस्कार, कृतज्ञता र सम्मानको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्