प्रधानमन्त्रीलाई सदनमा बोलाउन कांग्रेसको माग, प्रतिनिधिसभा अवरुद्ध

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिन प्रधानमन्त्री बालेन शाह लाई रुलिङ गर्न माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सभामुख डीपी अर्याल समक्ष प्रधानमन्त्रीलाई सदनमा बोलाउन रुलिङ गर्न आग्रह गरेका हुन्।

जवाफमा सभामुख अर्यालले रुलिङभन्दा पनि संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताएका थिए। साथै, आजको कार्यसूचीअनुसार प्रधानमन्त्री उपस्थित हुन सम्भव नरहेको संकेत गर्दै उनले तत्काल रुलिङ नगर्ने धारणा राखेका थिए।

सभामुखको उक्त अभिव्यक्तिपछि कांग्रेसका सांसदहरूले उठेर विरोध जनाएका छन्। विरोधका कारण प्रतिनिधिसभाको बैठक पुनः अवरुद्ध भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्