प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

चालु अधिवेशनलाई बजेट अधिवेशनका रूपमा लिइएको छ । यही अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट पनि प्रस्तुत गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्