संविधान संशोधनको विषयमा नेपाली काँग्रेस र जसपा नेपालबीच छलफल हुदै

g]kfnL sfFu|]; / /fhkf a}7s g]kfnL sfFu|];sf ;efklt z]/zxfb'/ b]pjf;lxt zLif{ g]tfx? a'waf/ /fhkf g]kfn;Fu ;+;bLo bnsf] sfof{no l;+xbaf/df a}7s a:b} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौंँ – सरकारले गर्न लागेको संविधान संशोधनको विषयमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालबीच बूढानीलकण्ठमा छलफल भइरहेको छ ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन हुन लागेको छ । सोही संशोधनमा मधेसी लगायत अन्य समुदायले माग गरेको संविधान संशोधनलाई पनि समावेश गराउने विषयमा दुई दलबीच छलफल भइरहेको बताइएको छ ।

जसपा नेपालले प्याकेजमै संविधान संशोधनका लागि सरकारलाई आग्रह गरेको छ । मधेसी दलहरुले लामो समयदेखि संविधान संशोधनको माग राख्दै आएका छन् ।

संविधान संशोधनको विषयमा सरकारसँग पटक पटक सहमति भए पनि हालसम्म संशोधन नभएको दावी मधेसी दलको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्