काठमाडौं — अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रंपले इरानका तीनवटा प्रमुख परमाणु स्थलगत केन्द्रहरूमा अमेरिकाले हवाई आक्रमण सम्पन्न गरिसकेको घोषणा गरेका छन्।
ट्रंपले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत जानकारी दिँदै भनेका छन्, “हामीले फ़ोर्दो, नतांज़ र इस्फ़हानमा रहेका इरानी परमाणु केन्द्रहरूमा सफलतापूर्वक हमला गरेका छौं। सबै विमानहरू अहिले इरानी आकाशबाट बाहिर आइसकेका छन्।”
उनले थप लेखेका छन्, “फ़ोर्दो केन्द्रमा ‘सबै बम’ खसालिएका छन् र हाम्रो सबै विमान सकुशल स्वदेश फर्किएका छन्। हाम्रो महान अमेरिकी सैनिकहरूलाई बधाई छ। संसारमा यस्ता कारबाही गर्नसक्ने अर्को कुनै सेना छैन। अब शान्तिको समय हो।”
ट्रंपले अमेरिकी अभियानबारे राष्ट्रलाई सम्बोधन गर्ने तयारी पनि गरिरहेको जानकारी दिएका छन्।
अमेरिकी आक्रमणमा बी–२ स्टेल्थ बमवर्षकको प्रयोग
रॉयटर्स समाचार एजेन्सीका अनुसार, अमेरिकी अधिकारीले इरानमा भएका हवाई आक्रमणमा बी–२ स्टेल्थ बमवर्षक विमान प्रयोग गरिएको बताएका छन्। केही दिनअघि यस्ता विमानहरूलाई गुआम टापुमा तैनाथ गरिएको जानकारी सार्वजनिक भएको थियो।
यसबीच, इजरायली सरकारी प्रसारण संस्था ‘केन’ लाई उद्धृत गर्दै रॉयटर्सले एक इजरायली अधिकारीको भनाइ उल्लेख गरेको छ, जसअनुसार “ईरानमाथिको हवाई कारबाहीमा इजरायलले अमेरिकासँग पूर्ण समन्वय कायम गरेको थियो।”
ईरानको प्रतिक्रिया : ‘ठूला क्षति भएनन्’
ईरानी सरकारी टेलिभिजनका राजनीतिक उपनिर्देशक हसन अबेदिनीले आक्रमणपूर्व नै परमाणु केन्द्रहरू खाली गरिसकिएको दाबी गरेका छन्। “यदि ट्रंपले भनेजस्तो आक्रमण भएको हो भने पनि, त्यहाँबाट सबै संवेदनशील सामग्री पहिले नै हटाइसकिएकाले कुनै ठूलो क्षति भएको छैन,” उनले भने।
ईरानी समाचार संस्था तस्नीमका अनुसार, क़ौम प्रान्तको संकट व्यवस्थापनका प्रवक्ता मोर्तज़ा हैदरीले “फ़ोर्दो परमाणु क्षेत्रको केही भाग हवाई हमलाबाट प्रभावित भएको” पुष्टि गरेका छन्।