भक्तपुर सूर्यविनायकका मेयर बासुदेव थापाविरुद्ध पतञ्जली जग्गा हिनामिना प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध दायर गरेको पतञ्जली जग्गा हिनामिना प्रकरणमा भक्तपुर सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

थापामाथि गैरकानुनी जग्गा किनबेच गरेको आरोप छ। उनी २०७४ र २०७९ मा एमालेबाट सूर्यविनायक नगरपालिकाका मेयर निर्वाचित भएका थिए।

थापाले आफ्नो नाममा रहेको साविक साँगा गाउँपालिका वडा नं. ४(ख) स्थित कि.नं ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग १ करोड ३० लाख ६६ हजारमा खरिद गरेको बयान अख्तियारमा दिएका छन्। उनले जग्गा पतञ्जलीको हो भन्ने जानकारी नभएको र खरिद गर्दा कानुनी प्रक्रिया पुरा गरेको दाबी गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्