सप्तकोशीमा बेपत्ता दुई सशस्त्र प्रहरीमध्ये एकको शव फेला, एक अझै बेपत्ता

काठमाण्डौ — सप्तकोशी नदीमा सोमबार बेपत्ता भएका दुई सशस्त्र प्रहरी जवानमध्ये एक जनाको शव फेला परेको छ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता एसपी शैलेन्द्र थापाका अनुसार हरदेव राजवंशीको शव घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणमा फेला परेको हो। अर्का बेपत्ता जवान सुरज साउदको खोजी कार्य अझै जारी छ।

दुवै जवान मनसुनजन्य विपद्‌ पूर्वतयारी अभ्यासका क्रममा सप्तकोशीमा बेपत्ता भएका थिए। खोजी तथा उद्धारका लागि दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डीएसपीको नेतृत्वमा चार जना गोताखोरसहित ३५ जनाको टोली परिचालन गरिएको छ। यस्तै, नम्बर ६ गण सप्तरीबाट विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीहरू सहित २० जनाको अर्को टोली पनि परिचालित भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

सशस्त्र प्रहरी बलका अनुसार खोजी कार्य जारी राखिएको छ र सुरक्षाकर्मी उच्च सतर्कताका साथ परिचालित छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्