पूर्वका केही ठाउँमा रातिदेखि वर्षा, भोलिदेखि कम हुँदै जाने पूर्वानुमान

पूर्वका केही ठाउँमा रातिदेखि वर्षा, भोलिदेखि कम हुँदै जाने पूर्वानुमान

काठमाण्डौ, जेठ २३ – झापा, मोरङ, सुनसरी, सप्तरी लगायत पूर्वका केही जिल्लामा रातिदेखि नै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोशी प्रदेशका केही भागहरू र अन्य प्रदेशका पहाडी भेगहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

यद्यपि ठूलो पानी परेर बाढीको जोखिम भने नरहेको मौसमविद् विनु महर्जनले बताउनुभयो। उहाँका अनुसार, “आजभन्दा भोलि र भोलिभन्दा पर्सि पानीको मात्रा क्रमशः घट्दै जानेछ।”

यसैबीच, महाशाखाले नागरिकलाई चट्याङसम्बन्धी सम्भावित जोखिम सतर्कता अपनाउन भने सुझाव दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्