काठमाडौं – लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।
उनीहरुले आफुहरु राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता भएको बताएका छन् । प्रदर्शन गर्ने ३० जना लाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा भिड जम्मा गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।