काठमाडौँ – उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो । उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ