दरबार हत्याकाण्डको शोकमा राजावादीको आन्दोलन स्थगित

काठमाडौं — राजावादीहरू आजको आन्दोलन स्थगित गरेका छन्। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएका छन्। २०५८ साल जेठ १९ गतेको दरबार...

कोशी प्रदेशमा मनसुन केही दिन रोकिने, गर्मी बढ्ने अनुमान

काठमाण्डौ — कोशी प्रदेशबाट सुरु भएको मनसुनी प्रणाली अबको केही दिन त्यहीँ अड्किने संकेत देखिएको मौसमविद्हरूले बताएका छन्। मौसमविद् रोजन लामिछानेका अनुसार एक हप्तासम्म देशभर वर्षा कम र गर्मी धेरै...

राइड सेयरिङविरुद्ध आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता

काठमाडौं – राइड सेयरिङविरुद्ध देशव्यापी रूपमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायी र सरकारबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भइरहेको छ। सोमबार बिहानदेखि देशभर सार्वजनिक यातायात बन्द गराएर दबाब सिर्जना गरेका व्यवसायीहरूसँग गृह...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । समसामयिक विषय र संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा छलफल गर्न सोमबार दिउँसो १ बजे बस्ने गरी दलको...

स्कटल्याण्डमा लिग–२ एकदिवसीय शृंखला सुरु, पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग भिड्दै

काठमाडौं — स्कटल्याण्डमा आजदेखि सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तरगतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै छन्। शृंखलाको पहिलो खेलमै नेपालले आयोजक टिम स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ।...

राफाहको सहायता केन्द्रनजिक इजरायली गोलीबारी, ३१ प्यालेस्टिनीको ज्यान गयो

गाजा, १९ जेठ — दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतबार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको...

“दरबार हत्या काण्डको २४ वर्ष: सत्यको खोजी र इतिहासको पाठ”

आज जेठ १९, २०८२। नेपालको इतिहासमा कालो दिनको रूपमा चिनिने दरबार हत्या काण्ड भएको २३ वर्ष पूरा भएको छ। २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको यो भयानक घटनाले...

देशभर सार्वजनिक यातायात अनिश्चितकालीन बन्दमा, ग्यारेजमै थन्किने सवारी साधन

काठमाडौँ  — सार्वजनिक यातायात व्यवसायीहरूले सोमबार (जेठ १९) देखि देशभर अनिश्चितकालीन रुपमा सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर...

मनसुन कोशीमै सीमित, बाँकी भू-भागमा फैलिन अझै केहि समय लाग्ने

काठमाडौं — हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ भने शुक्रबार नेपाल भित्रिएको मनसुनको प्रभाव अहिले कोशी प्रदेशमै सीमित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

उपत्यका बन्दको घोषणा फिर्ता, यस्तो छ विज्ञप्ती

काठमाडौं – राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई...

बन्दमा सहभागी नहुने निर्णय राप्रपाको, लिङ्देनको वक्तव्य सार्वजनिक

काठमाडौं — काठमाडौं उपत्यकामा घोषित बन्द कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक वक्तव्य जारी गर्दै उक्त कार्यक्रममा पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट...

हामी देश छाडेर भाग्दैनौ, एक थोपा रगत भएसम्म देशका लागि लड्छौँ-राधिका शाक्य

काठमाडौँ- प्रथम महिला राधिका शाक्यले आफूहरु देश छाडेर कहिल्यै नभाग्ने बताउनुभयो । केही दिन अगाडि राजावादीहरुले हेलिकप्टरमा भाग्न तयारी रहनु भन्दै दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उहाँले शरीरमा एक थोपा रगत...