नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले...

मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दु कुमारी यादवको निधन भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ४४ वर्षीया यादवको आज बिहान साढे...

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्न मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको हो । बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय...

हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं : एमाले सचेतक बर्तौला

काठमाडौं – नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं ।...

नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन्...

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ । श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको छ । पूर्वसभामुख समेत...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन...

देशको अर्थतन्त्र डामाडोल अवस्थामा, अर्थमन्त्रीलाई छैन् वास्ता !

बजार लथालिङ्ग हुँदासमेत अर्थमन्त्री डा प्रकाशशरण महतले सुधार्नतर्फ चासो नदेखाएपछि आम सर्वसाधारण रुष्ट भएका छन् । अर्थमन्त्री डा महतको पारा देखेर उनीहरुले राजीनामामा समेत माग्न थालेका छन् । नेपाल राष्ट्र...

सरकार ढल्ने चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट अतालिएका तत्त्वहरूले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चाले गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले...

संघीय निजामती विधेयक फेरि सच्याउने तयारी

काठमाडौं – सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो...

निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी हाने: प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुश राजतन्त्रका दलालहरूले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुकुरी प्रहार गरेको बताएका छन्। सत्तारूढ नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि गत भदौ...

आसन्न चीन भ्रमणबारे सरोकारवालाहरुसँग छलफल सुरु, सिंहदरबारमा बैठक जारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाला पक्षहरुसँग छलफल सुरु गर्नुभएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीसहित संसदमा...