रुषा थापा
भक्तपुर
बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएका ऋणीहरुले अजार मसान्तसम्म पनि न साँबा तिर्न सके न कित्ता । बैंकले जतिसुकै दबाब दिएपनि कहिकतैं आम्दानीको स्रोत नभएपछि उनीहरुले कित्ता रकम तिर्न सकेनन् । अहिले हजारौं घरजग्गा बैंकले लिलाम गरेको छ ।
हजारौं सवारीसाधन ऋणीबाट तानेर बिक्रीमा राखेको छ । यता, लाखौं कित्ता सेयर पनि लिलाम गरी बिक्रीमा राखिएको छ । बैंकले लिलाम गरेको यी वस्तु किन्ने भने कोही छैन । पहिला दलालीहरु यी वस्तु किनिदिने सेवाग्राही लिएर जान्थे वा आफैं किन्थे ।
तर, पछिल्लो समय ऋण तिर्न नसकेर दलाली आफैं भागेका छन् । जसको प्रभाव बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढी परेको छ । अहिले बैंक आफैंले लिलाम घरजग्गा, गाडी र सेयर खरिदका लागि सेवाग्राही खोज्दा समेत भेट्दैँन ।
यसले महिनौंदेखि वर्षोसम्म उनीहरुले लिलाम गरेको वस्तु जहाँको त्यहाँ छ । बैंकमा खराब कर्जा बढ्दै गयो । बैंकले रोक्का राखेको धितो मूल्य घट्नै गयो । अहिले आम सर्वसाधारण बैंक डुबिसकेको बताउँछन् । अब बैंक पनि सहकारीझैं भाग्ने उनीहरुको दाबी छ ।
बैंकबाट ऋण लिएका ठुल्ठुल्ला ऋणीहरुले विगत दुई वर्षदेखि साँवाब्याज नै नतिरेको बैंककै कर्मचारी बताउँछन् । एकातिर बैंकले राखेको धितो बेच्दा आउँछ एक करोड तर लिनुछ दुई करोड । अर्कातर्फ बचतकर्ताले बैंकमा जम्मा गरेको रकम बैंककै कर्मचारलिे चोरी गरेको घटना पनि धमाधम बाहिरिएको छ ।
अहिले अब सर्वसाधारणको मनमा बैंकमा बचत गर्नुहुन्न भनेर परेको छ । बैंककै कर्मचारी वा सञ्चालकको मिलोमत्तोमा रातलाई दिउँसो बनाएर खाताबाट रकम गायब बनाउने उनीहरुको आरोप छ । अधिंकाश बैंक सहकारीको हालतमा पुगेका छन् ।
एक लाख रुपैयाँको चेक लिएर गएमा एउटाबाट अर्का शाखा र अर्काबाट अर्का शाखामा पठाइन्छ । बैंकमा बचत गर्ने कोही छैन तर निकाल्नेको लाम छ । अधिंकाश बैंक घाटामा गएका छन् । कतिले कर्मचारीलाई तलब दिन नसक्दा कतिले घरभाडा तिरेका छैनन् ।
बैंकका कर्मचारी, सञ्चालक र अध्यक्षको अहिले एउटै स्वर छ, हाम्रो घरजग्गा, गाडी र सेष्रमा लगानी छैन । करिब एक वर्षअघि सहकारीहरुले पनि यस्तै भनेका थिए । आफुहरु नभाग्ने दाबी गरेका ठुल्ठुल्ला सहकारी पनि रातारात फरार भएका थिए ।
अहिले छिमेकी मुलुक भारतले नेपालमा चामल आयतमा प्रतिबन्ध लगाएपछि ५ बोरादेखि १५ बोरा चामल एउटै मान्छेले उठाएका छन् । यता, व्यापारीहरुले पनि १७ सय रुपैयाँको चामल २७ सय पुप्याएका छन् ।
त्यसैगरी, सय रुपैयाँ किलो नपर्ने दाल दुई सयमाथि पुगेको छ । भारतले चामल आयतमा प्रतिबन्ध लगाएपछि अधिंकाशले भोकमारीको संकेत देखिसकेका छन् । खानै नापएर मानिसहरु मर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने उनीहरुको भनाइ छ ।
हम्रो मुलुकको अधिंकाश भूभाग भारत र चीनले कब्जा गरेका छन् । जसोतसो बाँकी भएको ९० प्रतिशत जमिनमा पनि घर र बाटो बनाइएको छ । अहिले घरजग्गाको कारोबार ठप्प छ । यसमा व्यापक मन्दी छ । करिब दुई वर्षअघि ३ करोडमा किनेको घडेरी अहिले पैसाको खाँचो परेर सस्तोमा बेच्छु भन्दा नि लाख रुपैयाँमा बिक्दैँन ।
क्ेही वर्षअघि जग्गा दलालीहरुले खेतीयोग्य जमिनमा प्लटिङ गरेर आनाको हजार रुपैयाँमा बिक्री नहुने जग्गा आनाकै लाख रुपैयाँमा बेचिदिए । यसरी दलालीहरुकै कारण आज मुलुकभरका खेतीयोग्य जमिन मासिएको छ । जनता भोकभौक मर्नुपर्ने अवस्था सिर्जना भएकोछ ।
बैंकले सस रुपैयाँ कित्तामा निकालेको सेयर ३२ सयमा बेचियो । भारतमा २ रुपैयाँ बिक्रीमा नहुने फलामबाट गाडी निर्माण गरेर लाखौं कमाइयो । अहिले यी वस्तुको मूल्य पहिलाकै कायम भएको छ । ३२ सयमा किनेको सेयर सय रुपैयाँमा खरिद हुन्न ।
करोडौं खर्चिएर किनेको गाडी लाखमा बिक्री हुन्न भने लाखौं खर्च गरेर किनेको घडेरी पनि त्यस्तै भएको छ । अहिले सहकारी भाग्नुको कारण पनि यीनै वस्तु हुन् । नराम्ररी डुबेपछि कति रातारात देश छोडेर भागेका छन् त कतिले आत्महत्याको बाटो रोजेका छन् ।
३५ हजार बढी सहकारीमा खर्बो बचत गरेका करोडौं बचतकर्ता सडकमा आएका छन् । उनीहरुको रुवाबाँसी छ । बिचल्ली भएको छ । कहिकतै जाने ठाउँ छैन । थोरै ब्याजको प्रलोभनमा पर्दा आज उनीहरु घरविहीन भएका छन् ।
पछिल्लो समय अधिंकाशले सहकारीमा बचत गर्न छोडेका छन् । कति सहकारीका सञ्चालक जेल गएका छन् न कति मुलुक छोडेर भागेका छन् । मुलुकभर सञ्चालितमध्ये ९५ प्रतिशत सहकारी ध्वस्त भएका छन् । नभागेकाले पनि बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् ।
सहकारीहरु रातारात बचतकर्ताको रकम लिएर फरार भएपछि अहिले बैंकमा बचतकर्ताको लाम लागेको छ ।
उनीहरु सहकारीजस्तै बैंकले पनि आफ्नो रकम खाइदिने त होइन ? भन्नेमा चिन्तित छन् । अहिले बैंकका कर्मचारी तथा सीइओले भटाभट राजीनामा दिएका छन् ।
आफु फस्ने डरले बैंकका कर्मचारहरु सक्पर्कविहीन भएका हुन् । बैंकका कर्मचारीहरु विगत एक वर्षदेखि तलबविहीन छन् । बजारमा व्यापक मन्दी छ । व्यपाारव्यवसाय ठप्पै छ । दुई वर्षअघि एक दिनमै लाखौंको व्यापार हुने ठाउँमा अहिले बहनी हुन्न ।
अहिले ६ महिनादेखि १ वर्षसम्मको घरभाडा, सटर भाडा तिर्न नसकेको छ । कति त आफ्नो रकम लिएर पनि रातारात फरार भएका छन् । जताततै सटर, कोठा, फल्याट खाली भनेर लेखिएको टुलेट भेटिन्छ । होटल, रेस्टुरेन्टमा एक जना मान्छे छैन ।
अधिंकाश व्यापारव्यवसाय संकटमा परेका छन् । उनीहरु चिन्तित छन् । काम लगाउने साहु, संघसंस्था आदिले पनि वर्षोदेखि तलब नदिएको गुनासो सुनिन्छ । यस्तो अवस्थामा पनि अबकसले घरजग्गा, गाडी र सेयर किन्छ ? खाना नपाएर भोकभोकै मर्नुपर्ने अवस्थामा पनि कसैले यी क्षेत्रमा लगानी गर्छ ?
महंगी, बेरोजगारी र गरिबीका कारण दिउँसै लुट्ने, चोर्ने र ठग्नेको संख्या हवात्तै बढेको छ । श्रींलकाभन्दा पनि नेपालको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको आम सर्वसाधारण थाहा पाइसकेका छन् । तर, सरकार अहिले पनि नौट्ङकी गरिरहेको छ ।
बजारमा पाँच सय र हजारको नोट हाहाकार भएको सुनिन्छ । कोही त पाँच सय र हजारको नोट नदेखेको पनि वर्षो भएको बताउँछन् । जनताले सरकारलाई कर तिने छोडिसकेका छन् ।
तर, मान्छेसँग खाने पैसा नै छैन भने उसले कसरी सरकारलाई कर तिर्छ ? कसरी बैंकको ऋण तिर्छ ? मुलुकको अर्थतन्त्र डामाडुल हुँदा समेत विपक्ष दल नेकपा एमाले अहिले पनि सांसद अवरोध गरिरहेको छ । मुलुकको अर्थतन्त्र उकास्नेतिर नलागी विपक्ष दल एमाले कसरी सरकार ढलाउन सकिन्छ भनेर सोचिरहेको छ ।
जनता ऋण तिर्न नसकेर आत्महत्या गर्न बाध्य भएका छन् । खाना नभएर भोकभोकै मरेका छन् । सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं मानिसहरु सडकमा उत्र्रिएका छन् । उनीहरु ‘न घाम न पानी’ भनेर बसेकाछन् । यद्यापि, यसतर्फ एमालेको ध्यान गएको छैन ।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय राजतन्त्र पार्टी र एमाले कसरी सरकार ढाल्ने र आफ्नो कब्जा जमाउने भनेर लागिपरेका छन् । उनीहरुलाई देश र जनताभन्दा बढी सत्ताको लोभ छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एमालेले नौं महिना सांसद अवरोध गप्र्यो । एउटा पनि विधेयक पारित गर्न दिएन । तर, जनताले रगत पसिना बगाई तिरेको करबाट सेवासुविधा लिन छोडेन । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जनताले एमालेलाई ८८ सिटमा खुम्चाइदिए ।
आगामी २०८४ सालको चुनाव एमाले, रास्वपा र राप्रपा शुन्यमा झर्ने छन् । किनकि यतिबेला मुलुक बचाउनतिर नलागी उनीहरु के कसरी सत्तामा पुग्ने भनेर सांसद अवरोध गरिरहेका छन् । आगामी निर्वाचनमा जनताले रास्वपा, राप्रपा र एमालेलार्ए मतदान गर्ने छैनन् ।
उनीहरुले पनि सत्य देखिरहेका छन् । प्रत्येक नेपालीको टाउकोमा विदेशी ऋण ८० हजार पुगेको छ । तापनि राजनैतिक दलहरु यस्तो गम्भीर विषयमा छलफल गरी राष्ट्र जोगाउनतिर लागेका छैन । उनीहरुमा अहिले पनि राष्ट्र र जनता जोगाउनुपर्छ भनेर चेतना आउन सकेको छैन ।
एमालेका अध्यक्ष केपी ओली राजनीतिक संघर्षका लागि १४ वर्ष जेल बसेका होइनन् । उनी मान्छे मारेर जेल बसेका हुन् । यता, राजेन्द्र लिङ्देन कमल थापाको झोला बोकेर यहाँसम्म आइपुगेका हुन् । त्यसैगरी, राजनीतिक दलका नेतामाथि हिलो छ्यापेर आफुलाई मात्र राम्रो देखाएर रवि लामिछाने राजनीतिक यात्रामा आएका हुन् ।
यसरी बसको खलासी हुने क्षमता नभएकालाई जनताले यहाँसम्म पुप्याउँदा यसको क्षति जनता र राष्ट्र दुवैले व्यहोनुपरेको छ । त्यसैले, अब जनता र राष्ट्रको हितमा काम नगर्ने वा गर्न नदिने नेताहरुको विरोधमा जनता सडकमा उत्र्रिने कि अझै पनि झोले भएर बस्ने ?