अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल : प्री क्वाटर फाईनल अन्तर्गत ५ खेल सम्पन्न

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलको आयोजनामा आयोजित छैटौँ अर्किड कप अन्तरविद्यालय नकआउट फुटबल प्रतियोगिताको चौथो दिन आज (सोमवार) प्री क्वाटर फाईनल अन्तर्गत ५ खेल सम्पन्न भएका छन् ।
अर्किड स्कुलको खेल मैदानमा आयोजित खेल प्रतियोगितामा ५ खेल सम्पन्न भएको विद्यायका प्रिन्सिपल चोलेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । सोमबार भएको प्री क्वाटर फाईनल अन्तर्गतको पहिलो खेल नेक्सस एकेडेमी र निर्मल ज्योति स्कुल बीच भएको हो जसमा नेक्सस ३-१ गोल अन्तरले विजयी भएको हो । यस्तै दोस्रो खेल जोन एकेडेमी र श्रमशील स्कुल बीच भएको हो । जसमा श्रमशील स्कुल ५-१ ले विजयी भएको हो ।
यस्तै सोमवार नै भएको तेस्रो खेल मनकामना स्कुल र गेटवे स्कुल बीच भएको हो । जसमा मनकामना ३-१ गोलअन्तरले विजयी भएको हो । यस्तै चौथो खेल बेष्ट ग्रुप र रेडियन्ट स्कुल बीच भएको हो । जसमा बेष्ट ग्रुप स्कुल १-० ले विजयी भएको हो । यस्तै सोमवार भएको अन्तिम खेल गणेश हिमाल र कौटिल्य स्कुल बीच भएको हो जसमा कौटिल्य २-० गोलअन्तरले विजयी भएको बिद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेले बताउनुभयो ।
खेलकुदलाई सम्पन्न गर्न आशा बुक चावहिल, फोटो संसार लोकन्थली, ब्रीज वाटर सिनामंगल, नोबेल एकेडेमी नयाँ बानेश्वर, एलिजर एकेडेमी, एनआईसी एसिया बैंक गोठाटार शाखा, चितलाङ अर्गानिक रिसोर्टले महत्वपूर्ण सहयोग गरेको छ ।
सेभेन ए साइड फर्मेटमा भएको प्रतियोगिताको शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् । फाइनल फागुन २० गते हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्