जिल्ला अस्पताल डोटीलाइ सुविधा सम्पन्न बनाउँछु : मुख्यमन्त्रि भट्ट

डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुविधा सम्पन्न अस्पताल बनाउने बताउनु भएको छ ।

बुधबार जिल्ला अस्पताल डोटीको निरीक्षण भ्रमण गर्नु हुँदै मुख्यमन्त्री भट्टले अस्पतालमा विभिन्न सुविधा थप गरी सुविधा सम्पन्न बनाउने बताउनु भएको हो । निरीक्षण भ्रमणका क्रममा उहाँले भन्नुभयो, ’जिल्ला अस्पतालमा थप सेवा सुविधा गरी, नयाँ उपकरणको विस्तार गरी सुविधा सम्पन्न बनाउने तयारीमा छौँ, अस्पताल चाँडै सुविधा सम्पन्न हुने छ ।’

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जिल्ला अस्पताल डोटीमा नयाँ चिकित्सकसहित थप सेवा प्रवाहका लागि अस्पतालको स्तरोन्नति गरिने बताउनु भयो ।

जिल्ला अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीले समस्या भोग्नु परेको गुनासो बढेपछि मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीले संयुक्तरुपमा अस्पतालको निरीक्षण गर्नु भएको हो । निरीक्षणका क्रममा उहाँहरुले अस्पतालको अप्रेसन थिएटर, अस्पतालमा जडान भएका उपकरण तथा अस्पतालमा भर्ना भएका बिरामीहरुको बारेमा जानकारी लिनु भएको मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्