नेपालमा श्रवणदृष्टि विहीनताको वर्तमान अवस्था र आवश्यकता

काठमाडौँ – राष्ट्रिय बहिरा महासंघ नेपालले श्रवणदृष्टि विहिनता सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । विहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै महासंघले श्रवणदृष्टि विहीनता सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुको समस्याबारे बक्ताहरुले बोल्नुभएको थियो । महासंघले श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरुको आवश्यकताबारे जानकारी गराएको थियो । नेपाल सरकारले त्यस्ता व्यक्तिहरुको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने महासंघको माग छ ।

महासंघले जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ – श्रवणदृष्टि विहीनता (Deafblindness) सुनाइ सम्बन्धी अपांगता वा दृष्टि सम्बन्धी अपांगता मात्र नभई एक पृथक वर्गको अपांगता हो श्रवणष्टि विहीनतालाई दुई इन्द्रिय सम्बन्धी अपांगताका रुपमा बुझ्न सकिन्छ जसमा सुनाइ र दष्टि सम्बन्धी अपांगता एक व्यक्तीमा रहेको हुन्छ, यसको मतलव यसलाइ बहु अपाङ्गताको रूपमा बुझनु हुदैन। सुनाइसम्बन्धी अपागना भएका व्यक्तीहरूले सुनाइको कार्यगत सिमिततालाई दृष्टिको क्षमता प्रयोग गरि परिपूर्ति गर्ने प्रयत्न गर्दछन भने दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुले सुनाइको क्षमता प्रयोग गरि दृष्टिको कार्यगत सिमिततालाई परिपूर्ति गर्ने प्रयत्न गर्दछन। श्रवणदृष्टि विहीनता भएको व्यक्तिको हकमा दुई इन्द्रियमा आउने कार्यगत सिमितताका कारण अन्य इन्द्रियबाट सिमितता पुरा गर्ने अवस्थामा समेत बाधा पुग्न जान्छ र गमनशिलता, संचार तथा शिक्षा प्राप्त गर्न समेत कठिनाइ उत्पन्न हुन्छ। विश्व श्रवणदृष्टि विहिन महासंघले विश्वको कुल जनसंख्याको कम्तीमा ०.२ प्रतिशत व्यक्तिहरूमा श्रवणदृष्टि विहिनता रहेको जनाएको छ। दृष्टि तथा सुनाइ सम्बन्धी अपांगताको हुने कारण स्वास्थ्य सेवाको पहूंचमा कमी, गर्भवति हुनपूर्व रुवेलाको खाप प्रयोग नहुने, श्रवणदृष्टि विहिनताका सम्बन्धमा अत्यन्त न्यून जानकारी हुने आदि कारणले गर्दा विकासोन्मुख राष्ट्रहरुमा कुल जनसंख्याको २ प्रतिशत व्यक्तिहरूमा श्रवणदृष्टि विहीनता रहन सक्ने समेत विश्व श्रवणदृष्टि विहीन महासंघले जनाएको छ। नेपालको जनगणना २०६८ ले नेपालमा श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरुको संख्या ९ ७१४ रहेको देखाएको छ जुन कुल जनसंख्याको ०.०३६ प्रतिशत मात्र हो।

नेपाल सरकारले अपांगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४ मा अपांगतालाई १० वर्गमा वर्गिकरण गरेको छ। श्रवणदृष्टि बिहीनता उक्त १० वर्ग मध्येको एक वर्ग हो। उक्त ऐनले श्रवणदृष्टि विहिनतालाइ यसप्रकार परिभाषित गरेको छ।

“श्रवणदृष्टि विहिन अपांगता भन्नाले सुनाइ र दृष्टि सम्बन्धी दुबै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति भनेर बुझिन्छ।”

नेपाल सरकारले ऐनमा गरेको श्रवणदृष्टि विहिनताको परिभाषा पूर्ण छैन जसका कारण श्रवणदृष्टि विहिनताको पहिचान, परिचय पत्र प्राप्तीमा निकै चुनौति रहेको छ। नेपालमा हालसम्म करिव १० जना व्यक्तिहरूले मात्र श्रवणदृष्टि विहीनता उललेखित परिचय पत्र प्राप्त गरेका छन उपयुक्त दृष्टि तथा सुनाइ सम्बन्धी परिक्षणको अभाव तथा श्रवणदृष्टि विहीनता सम्बन्धमा जानकारीमा भएको कमीका कारण जन्मजात श्रवणदृष्टि विहीनता भएकाले बहु अपांगता र पछि श्रवणदृष्टि विहीनता भएकाले अधिकांशले सुनाई सम्बन्धी वा दृष्टि सम्बन्धी अपांगता उल्लेखित परिचय पत्र प्राप्त गर्ने गरेका छन । नेपाल सरकारको निती तथा कार्यक्रमहरुमा स्थानिय देखि केन्द्रीय स्तर सम्म श्रवणदृष्टि विहिनता सम्बन्धी कुनै पनि कार्यक्रम तथा श्रवणदृष्टि विहीनता भएका व्यक्ति तथा उनिहरुको अभिभावकहरुलाई सम्बोधन गर्ने कुनै कार्यक्रमहरू
छैनन।

नेपालमा रहेका बहिरा नागरिकहरुको छाता संस्था राष्ट्रिय बहिरा महासंघ नेपालले विगत ७ वर्ष देखि श्रवणदृष्टि विहिनताको क्षेत्रमा कार्य गर्दै आइरहेको नेपालमा रहेका बहिरा नागरिकहरुको प्राथमिक भाषा नेपाली भाषाको विकास र विस्तार, नितिगत सवाल तथा संस्थागत विकासमा कार्य गर्दै आएको यस महासंघले मालमा अपांगता क्षेत्रमा पछाडी रहेको श्रवणदृष्टि विहिनता भएका नागरिकहरुको समेत संस्थागत विकास तथा नेपाली सांकेतिक भाषाकै आधारमा स्पर्श संचार तथा यापटिक सिग्नल तथा अन्य वैकलिपक संचारका विधिहरुको विकास र विस्तारको कार्य गर्दै आएको छ हाल  श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरुको पहिचान तथा काठमाडौंमा रहेका श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरुलाई समुदायमा आधारित पुनस्थापना तथा स्रोत केन्द्रको निर्माण गरी सेवा प्रदान गर्ने कार्यलाई
अगाडी बढाइरहेको छ।

श्रवणदृष्टि विहीनता भएका व्यक्तीहरुको आवश्यकताहरु:

१. सुनाइ तथा दृष्टिको परिक्षणको सहज व्यवस्था गरि श्रवणदृष्टि विहीन वालवालिकाहरुको समयमा नै सहि पहिचान गर्नुपर्ने
२. श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरुले सहि परिचय पत्र पाउने वातावरण हुनुपर्ने ।
३. श्रवणदृष्टि विहिनता भएका वालवालिकाहरुले अध्ययन गर्न विद्यालयको व्यवस्था गर्नुपर्ने।
४, श्रवणदृष्टि विहिनताको परिभाषामा संसोधन गरि श्रवणदृष्टि विहिनतालाई अझै स्पष्ट बनाई पहिचानलाई सहज गर्नुपर्ने।
५. पुर्ण श्रवणदृष्टि विहिनता भएका अभिभावक वा हेरचाह गर्ने व्यक्तीलाई पुर्ण श्रवणदृष्टि विहिनता भएको व्यक्तिसरह सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु पर्ने।
६. श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरुलाई आवश्यक स्पर्श संचार तथा अन्य दोभाषेहरुको व्यवस्था गरिनुपर्ने
७. प्रविधिहरुको विकास र विस्तार गर्दै श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरुको संचारलाई थप सहज र सरल बनाउनु पर्ने

हाल यस राष्ट्रिय बहिरा महासंघ नेपालले नेपाल नेत्रहिन संघ, बहिरादृष्टि विहीन अभिभावक समाज, श्रवणदृष्टि विहिन संघ नेपालको सहकार्यमा नेपालका ४ जिल्लाहरु (काठमाडौं, कास्की, मोरङ्ग र रुपन्देहीमा मा कार्य गर्दै आएको छ सेन्स इन्टरनेश्नल । तथा जर्सी ओभरसिज एडको सहकार्यमा हुदैआएको कार्यक्रमबाट ४ जिल्लाका करीब १०० जना श्रवणदृष्टि विहिनता भएका व्यक्तिहरु तथा उनिहरुका अभिभावकहरु लाभान्वित भएका छन भने नेपालमा स्पर्श सांकेतिक भाषाको विकास, ह्यापटिक सिग्नल लगायत वैकल्पिक संचारको विकास, श्रवणदृष्टि विहिन बालबालिकाहरुका लागि स्रोत केन्द्र तथा कक्षा तथा दिवा सेवा केन्द्रको शुरुवात भएका छन।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्