मन्त्रिपरिषद्को बैठक आज बस्दै, विपद्लगायत समसामयिक विषयमा छलफल हुने

 

काठमाडौँ, असोज १३ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज मङ्गलबार बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो।

बैठकमा मुलुकका विभिन्न भागमा पछिल्लो समय भएका विपद्का घटना तथा त्यसबाट उत्पन्न अवस्थाका विषयमा छलफल हुने जनाइएको छ। विशेषगरी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको अवस्था, उद्धार, राहत तथा पुनःस्थापनालगायतका विषयमा बैठकमा छलफल हुन सक्ने जनाइएको छ।

त्यसैगरी बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत छलफल हुने बताइएको छ। बैठकपछि मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्