सुनसरीको अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ त्यसतर्फ प्रस्थान

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्। सुनसरीमा विकसित पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिन र आवश्यक समन्वयका लागि उनी त्यसतर्फ जान लागेका हुन्।

गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरी केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बाहिरिएका थिए। प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्रीसँगको परामर्शपछि गृहमन्त्री सुनसरीका जनप्रतिनिधिसँग समन्वय गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

‘गृहमन्त्रीज्यू प्रधानमन्त्रीसँगको सल्लाहपछि सुनसरी जाँदै हुनुहुन्छ,’ बजगाईंले बताएका छन्।सुनसरीको देवानगञ्ज क्षेत्रमा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थापछि सरकारले सुरक्षा अवस्था सामान्य बनाउन उच्चस्तरीय पहललाई तीव्र बनाएको छ। गृहमन्त्रीको भ्रमणका क्रममा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग छलफल गरी शान्ति–सुरक्षा, घटनाको अनुसन्धान र आवश्यक थप कदमबारे निर्णय गरिने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्