सिरहामा प्रदर्शन उग्र बन्दै, गोलबजारस्थित एबी मलमा आगजनी

काठमाडौं – सिरहामा प्रदर्शन उग्र बन्दै गएपछि आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन्। बिहीबार बिहानदेखि प्रदर्शनले चर्को रूप लिएसँगै जिल्लाको सुरक्षा अवस्था तनावग्रस्त बनेको छ। अवस्था नियन्त्रणबाहिर जाने संकेत देखिएपछि स्थानीय प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षाकर्मीहरूलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

यसैबीच सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन्। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भएको छैन। प्रहरीले आगजनी तथा तोडफोडमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रयास गरिरहेको छ। जिल्लामा थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा उपस्थिति समेत बढाइएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, संयमता अपनाउन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्