काठमाडौं – पेप्सीकोला टाउन प्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमी मा ‘डिजी वर्कसप २०८३ : फेज-वन’ सफलतापूर्वक सम्पन्न भएको छ। ‘कोडिङ एण्ड रोबोटिक्स’ विषयवस्तुमा केन्द्रित कार्यशालाले विद्यार्थीहरूलाई प्रविधि, नवप्रवर्तन र सिर्जनशील सिकाइको व्यावहारिक अनुभव प्रदान गरेको विद्यालयले जनाएको छ।कार्यशालामा विद्यार्थीहरूले प्रोग्रामिङ, अटोमेसन र रोबोटिक्सका आधारभूत अवधारणासँग परिचित हुँदै विभिन्न प्रयोगात्मक गतिविधिमा सक्रिय सहभागिता जनाएका थिए। कोडिङ च्यालेन्ज, तार्किक सोच विकास, रोबोट प्रोग्रामिङ, सेन्सर इन्टिग्रेसन, अटोमेसन परियोजना तथा सिर्जनात्मक समस्या समाधानका अभ्यासमार्फत उनीहरूले आधुनिक प्रविधिको प्रयोगबारे व्यावहारिक ज्ञान हासिल गरेका थिए।
यस अवसरमा रोबोटिक्स प्रदर्शन, कोडिङ मिसन, अवरोध पार गर्ने चुनौती, स्मार्ट डिभाइस सिमुलेसन तथा इन्जिनियरिङमा आधारित विविध गतिविधिहरू सञ्चालन गरिएका थिए। यस्ता अभ्यासले विद्यार्थीहरूको कम्प्युटेशनल सोच, सिर्जनशीलता, प्राविधिक आत्मविश्वास तथा डिजिटल सीप अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख आकर्षणमा फाइनल आउटकम डिपिक्सन, रोबोटिक्स कन्स्ट्रक्ट, कोडिङ क्वेस्ट, इनोभेसन च्यालेन्ज तथा अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र रहेका थिए। कार्यशालाको उद्देश्य केवल कोडिङ र रोबोटिक्स सिकाउनु मात्र नभई भविष्यका डिजिटल सर्जक, नवप्रवर्तक तथा समस्या समाधानकर्ताको रूपमा विद्यार्थीहरूलाई प्रेरित गर्नु रहेको विद्यालयले जनाएको छ। कार्यशालाको सफल आयोजनाका लागि विद्यालय प्रशासनले सहयोग गर्ने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको जिज्ञासा, उत्साह र प्रविधिप्रतिको लगावले कार्यक्रमलाई थप सफल बनाएको जनाएको छ। विद्यालयले यस्ता प्रविधिमैत्री कार्यक्रममार्फत विद्यार्थीहरूमा नवप्रवर्तन, डिजिटल क्षमता र भविष्यका प्रविधिमुखी सीप विकासलाई निरन्तर प्राथमिकता दिँदै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ।



