सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. किशनदत्त भट्ट नियुक्त

कञ्चनपुर । सरकारले किशनदत्त भट्टलाई सुदूरपश्चिम विश्वविद्यालयको  उपकुलपतिमा नियुक्त गरेको छ। शुक्रबार विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेेन्द्र शाहले प्रा.डा. भट्टलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। यसअघि सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिको पद रिक्त गरेपछि गत वैशाख २५ गते नयाँ उपकुलपति छनोटका लागि आवेदन आह्वान गरेको थियो। उक्त पदका लागि १९ जनाको आवेदन परेको थियो।

आवेदनको मूल्याङ्कनपछि १० जनाको नाम प्रारम्भिक छनोट (सर्टलिस्ट) मा समावेश गरिएको थियो। त्यसपछि छनोट समितिले अन्तिम तीन जनाको नाम प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले प्रा.डा. किशनदत्त भट्टलाई सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका हुन्।

नवनियुक्त उपकुलपति भट्टले विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, अनुसन्धान प्रवर्द्धन, प्रशासनिक सुधार तथा उच्च शिक्षालाई प्रतिस्पर्धी र प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्