धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी

काठमाडौँ – कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१००१ खा ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ अन्तर्गत गैराखान क्षेत्रमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ। दुर्घटनापछि प्रहरी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा परिचालन भई उद्धार कार्य गरिरहेका छन्।

दुर्घटनामा परी घाइते हुने तथा यात्रुको सङ्ख्याबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्