शुक्लाफाँटा युथ नेटवर्कको आयोजना: शिक्षामा रूपान्तरणका लागि शैक्षिक बहस

कञ्चनपुर – शुक्लाफाँटा युथ नेटवर्कको आयोजनामा शिक्षामा रूपान्तरणका लागि शैक्षिक बहस कार्यक्रमको आयोजना गरिएको छ । शुक्लाफाँटा नगरपालिकामा रहेको शुक्लाफाँटा उद्योग वाणिज्य संघको सभा हलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

शिक्षासँग सम्बन्धित केहि शैक्षिक व्यक्तित्व तथा विद्यालयका प्रअसँग शिक्षामा रूपान्तरणः समस्या, सम्भावना र चुनौती शीर्षकमा रहेर अन्तरक्रिया गरेको सहजकर्ता मुकेश प्रसाद जोशीले बताए ।

शुक्लाफाँटा युथ नेटवर्कले आयोजना गरेको उक्त कार्यक्रममा वक्ताका रूपमा कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक पिताम्बर जोशी, शिवशंकर माध्यमिक विद्यालयकी प्रधानाध्यापक लक्ष्मी थापा ऐर र वेस्ट पोइन्ट माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर प्रसाद जोशी रहेका थिए । तीनै जनासँग शैक्षिक बहस गरिसकेपछि कार्यक्रममा शिक्षक, व्यावस्थापन समितिका सदस्य, अभिभावक र शिक्षा प्रेमी युवाहरूले समेत सहभागिता जनाएका थिए ।

कार्यक्रम उपस्थित वक्ताहरुले समयमा दिइने सुझावले थप गल्ती हुन नदिन र सफलतातिर उन्मुख गराउने रचनात्मक सुझाव समेत मिलेको प्रतिक्रिया दिएका थिए ।  शैक्षिक गुणस्तर अभिबृद्दी गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेकोमा आयोजक टिमलाई धन्यवाद समेत दिएका थिए ।शिक्षा क्षेत्रमा शुक्लाफाँटा युथ नेटवर्कले यस्तो किसिमको परिवर्नका साथै समसामयिक कार्यक्रम आगामी दिनमा अन्य विद्यालयको सहभागितामा समेत गर्नुपर्ने सरोकारवालाहरुको धारणा थियो ।

राजनितिक आग्रह पुर्वाग्रह बाट माथी उठेर शिक्षण पेशामा ध्यान दिने, विद्यार्थी र शिक्षक बिच नङ र मासुको जस्तो सम्बन्ध बनाउने र विद्यार्थीलाई गरिने व्यबहारमा पनि सुधार ल्याउन सकियो भने साच्चिकै शैक्षिक गुणस्तरमा सुधार आउने निचोड निकालिएको थियो ।

कार्यक्रमको भिडियो सहितको पुरा अंश द म्यासेज युट्युब च्यानलबाट प्रशारण गरिनेछ । कार्यक्रम सम्पादनको काम सम्पन्न गरिसक्ने वित्तिकै अपलोड गरिने कार्यक्रम सहजकर्ता मुकेश जोशीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्