काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूलाई कारोनाबाट बचाउने डाक्टरहरुको नामबाट आफ्नो छोरोको नाम राखेका छन् । कोरोनालाई जितेर फर्किएपछि उनी बाबु बनेका थिए ।
प्रधानमन्त्री जोन्सन र उनकी पत्नी केरी साइमन्सले आफ्नो छोराको नाम दुई जना डाक्टरको नामबाट राखेको बीबीसीले जनाएको छ ।
उनीहरुले आफ्नो छोरोको नाम ‘विल्फेड लोरी निकोलस जोन्सन’ राखेका छन् । केरीले इन्सटाग्राममा नवजात शिशुको फोटो र उसको नाम शेयर गर्दै लेखेकी छन्, ‘यसको नाम आफ्नो हजुरबुवा–हजुरआमा र बोरिसलाई उपचार गर्ने डाक्टरलाई सम्मान दिनका लागि राखिएको छ ।’
छोरोको पहिलो नाम प्रधानमन्त्री जोन्सनको हजुरबुवाको नामबाट, दोस्रो नाम आफ्नै हजुरबुवाको नामबाट र बीचको नाम निकोलस, डाक्टर निक प्राइस र डाक्टर निक हार्टको नामबाट राखिएको छ । यी दुई डाक्टरहरुले प्रधानमन्त्री जोन्सनको उपचार गरेका थिए ।
उनले बोरिसको उपचार भएको युनिभर्सिटी कलेज लण्डन हस्पिटलका कर्मचारीहरुलाई धन्यवाद दिँदै लेखेकी छन्, ‘मेरो खुसीको सीमा छैन, मेरो हृदय भरिएको छ ।’
डाक्टरहरुको नामबाट आफ्नो बच्चाको नाम राखिनुले कोरोनाबाट प्रधानमन्त्री जोन्सनको अवस्था गम्भीर थियो भनेर अनुमान गर्न सकिने बीबीसीले लेखेको छ ।